सरकारविरुद्ध स्याङ्जा कांग्रेसको नाराबाजी सहित शक्ति प्रदर्शन - सिधा मिडिया






सरकारविरुद्ध स्याङ्जा कांग्रेसको नाराबाजी सहित शक्ति प्रदर्शन

    २९ मंसिर २०७७, सोमबार २१:२२  मा प्रकाशित
1003 जनाले पढ़िसके









स्याङ्जा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार सरकारविरुद्ध स्याङ्जा सहित देशब्यापी प्रदर्शन गरेको छ ।  स्याङ्जा जिल्ला भित्रका पुतलिबजारमा भेला भई प्रदर्शन र आमसभा गरेको हो ।

स्याङ्जा कांग्रेसले आयोजना गरेको जुलुस र सभामा नेता कार्यकर्ताको बाक्लो सहभागिता थियो । स्याङ्जामा पुतलिबजारमा केपि ओलीको सरकारविरुद्ध  नाराबाजि गर्दै बजार पर्रिक्रमा गरेर सभा गरेको थियो । जिल्लाका विभिन्न ठाउँबाट सुरु भएको प्रदर्शन पुतलिबजार प्रशासन अगाडी पुगी सभामा परिणत भएको थियो । उक्त सभालाई वरिष्ठ नेता धनराज गुरुङ्ले सम्बोधन गरे ।

नेता धनराज गुरुङ्ले केपी ओलीको सरकारलाई पुजीपती र विदेशी एजेन्टको क्याप्टेन भएको बताए । ३३ किलो सुन, गोकुल बास्कोटाको ७० करोडको अडियो टेप, खुफिया माफिया गोइत लगाएतको बारेमा उत्तेजक रुपमा प्रस्तुत भएका थिए ।

सरकारविरुद्ध स्याङ्जा कांग्रेसको नाराबाजी सहित शक्ति प्रदर्शन कार्यक्रममा जिल्ला भरिका नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।

कांग्रेसले सोमबारको प्रदर्शनलाई शक्ति प्रदर्शनको अवसरको रुपमा समेत लिएको देखियो । सबैजसो कार्यक्रममा कांग्रेसको झण्डा र राष्ट्रिय झण्डासहित कांग्रेसका नेता कार्यकर्ता सहभागी भएका थिए । उनीहरुले सरकारविरुद्ध उत्तेजक नाराबाजीसमेत गरेका थिए ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस