कांग्रेस सडकमा आयो, तर बिना एजेन्डा: सूर्य गैंह्रे "पारस" - सिधा मिडिया


कांग्रेस सडकमा आयो, तर बिना एजेन्डा: सूर्य गैंह्रे “पारस”

सिधा मिडिया संवाददाता
    ३० मंसिर २०७७, मंगलवार १९:५१  मा प्रकाशित
471 जनाले पढ़िसके

प्रतिक्रिया



    बिरोधका लागि बिरोध गर्न । राष्ट्रियता, जनजिविका र जनतन्त्रका सवालमा सरकारले गरेको के बेठिक भो र के गर्दा ठिक हुन्छ ? कांग्रेससंग कुनै दृष्टिकोण देखिएन । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सहज ढंगले एउटा सानो मोटरेवल पुल उद्घाटन गर्न नपाएको कुरामा कांग्रेसले लोकतन्त्र समस्यामा परेको भनेर चिच्यायो । सरकारले आफ्नै शैलिमा गरेको काममा कांग्रेसले सर्वसत्तावाद भो भनेर चिच्यायो । अनुसन्धान बांकी नै रहेका विषयलाई सडकमा आएर आज कांग्रेसले भ्रष्टाचार भनेर चिच्यायो ।

    सरकार संविधान अनुसार निर्वाचित भएको थियो र संविधान अनुसार चलिरहेको छ । वर्तमान राज्यव्यवस्था हामी सबै मिलेर सम्झौता मार्फत स्थापना गरेको हो, जसका कारण समाजवादउन्मुख भनिएतापनी हामी पुरानै सत्ता संरचना, प्रवृत्ति र विचारमा बढी अल्झिरहेका छौँ । प्रश्न उठ्न थालेको छ, के यहि हो क्रान्ति ? यहि हो गणतन्त्र ? यहि हो समाजवाद ? यहि हो सुशासन ? यो प्रश्न सरकारले, नेकपाले, कांग्रेसले र जनताले पनि गर्न थालेका छन ।

    अहिले एउटा अचम्मको दृश्य देखिन थालेको छ, सबैले सरकारको बिरोध गर्ने अनि सरकारले आफ्नो बचाउ गर्ने । संविधान निर्माण प्रक्रियामा केही महत्त्वपूर्ण विषयमा तत्कालीन केही राजनैतिक शक्तिले भिन्न मत पनि दर्ज गरेका थिए । केही कुरामा प्राणालीगत त्रुटी भयो कि जसकारण हामी पुल उद्घाटनमा भिडन्त गर्नुपर्ने अवस्थामा आईपुग्यौं । राज्यको जनताप्रती र जनताको राज्यप्रतिको दायित्वमा केही त्रुटी भएको छ कि जसका कारण आम भ्रष्टाचारको अन्त्य हुन सकेन ।

    हाम्रो विचमा झगडा भएका कारण आज केहि दास मानसिकताका मानिसहरुले रैती हुनपाउनुपर्ने आवाज उठाउन थालेका छन । हामी त वर्तमान व्यवस्थाका जननी हौं । व्यवस्थामा कहाँनेर त्रुटी भो बहस गरौं, सबै मिलेर सच्याउं । समृद्धिको मार्ग हुँदै समाजबादतर्फ लागौं । तर क्षणिक, व्याक्तिगत र समुहगत स्वार्थपुर्ण बिरोध अभियानको बन्द गरौं । यो लोकतन्त्रको दुरुपयोग हो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस