गुल्मीको प्रसिद्ध ऋषिकेश मन्दिर जाने पक्की सडकको उद्घाटन - सिधा मिडिया






गुल्मीको प्रसिद्ध ऋषिकेश मन्दिर जाने पक्की सडकको उद्घाटन

    १ पुष २०७७, बुधबार १९:०४  मा प्रकाशित
462 जनाले पढ़िसके









एक कार्यक्रम का बिच लुम्बिनी प्रदेश का भौतिक निर्माण मन्त्री बैजनाथ चौधरी ले पक्की सडकको उद्घाटन गर्नु भएको छ ।

धार्मिक तथा प्रसिद्व धामले परिचीत रुरुक्षेत्र धाम रिडी मा अवस्थित श्री ऋषिकेश मन्दिर प्रवेश गर्ने पाल्पा खण्ड को सडक पक्की गर्ने काम सकिए सङ्गै आज एक कार्यक्रमका बिच समुद्वाटन कार्य समन्न भएको छ । सो सडक निर्माणको लागि प्रदेश सरकार बाट आ ब २०७७/०७८ को रु १ करोड १२ लाख को टेण्डर प्रकृयाबाट ठेक्का दिएको थियो , ठेक्का लिएको राजेस्वरी कन्ट्रक्सन ले निर्धारित समय अगावै कार्य सम्मन गरि सरकार लाई बुझाएको छ । सडक को लागत रकम १ करोड ९ लाख को लागत मा सडक सम्पन्न भएको राजेस्वरी कन्ट्रक्सन का प्रोपाइटर भागवत गिरिले जनाउनु भयो ।

राजेश्वरी कन्ट्रक्सन ले सडक बुझाए लगत्तै आज लुम्बिनी प्रदेशका भौतिक निर्माण मन्त्री बैजनाथ चौधरी ले उक्त्त सडकको उद्वघाटन गर्नु भएको हो ,कार्यक्रम मा लुम्बिनी प्रदेश का साम्सद पुरन बज्राचार्य ,तानसेन नफर पालिका प्रमुख अशोक कुमार शाही ,नेकपा पाल्पा का नेता परशुराम भट्टराई ,शोभाखर भट्टराई , वडा अध्यक्ष कमल राना साथै गुल्मी बाट नेकपा नेता हिमाल श्रेष्ठ समाज सेवि बिष्णु ज्ञवाली ,लगाएत अतिथी हुनुहुन्थ्यो ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस