“लागु औषध” गाँजा सहित स्याङ्जामा "सन्तोष" पक्राउ ! - सिधा मिडिया






“लागु औषध” गाँजा सहित स्याङ्जामा “सन्तोष” पक्राउ !

    २ पुष २०७७, बिहीबार १८:३७  मा प्रकाशित
1017 जनाले पढ़िसके









स्याङ्जाः “लागु औषध” गाँजा सहित स्याङ्जामा १ जना मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जा फेदीखोला गाँउपालिका वडा नं. ३ काउले बस्ने बर्ष २८ को सन्तोष रानाभाट रहेका छन् । ३० गते  सन्तोष रानाभाटको घरमा लागु औषध गांजा लुकाई छिपाई राखेको भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले छापा मारेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले “सिधा मिडिया” लाई जानकारी दिएका हुन् ।

प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीका अनुसार सन्तोष रानाभाटको घरकोठा खानतलासी गर्दा लुकाई छिपाई राखेको लागु औषध गाँजा ४८० ग्राम फेला परेको थियो । लागु औषध गाँजा फेला परे सगै रानाभाटलाई पक्राउ गरीएको हो ।

पक्राउ परेका रानाभाटलाई “लागु औषध” मुद्धा दर्ता गरी सम्मानित स्याङ्जा जिल्ला अदालतबाट मिति २०७७।०८। ०१ गतेका दिन ७ को म्याद थप गरि अनुमति लिई अनुसन्धान कार्य भईरहेको छ । स्याङ्जामा पछिलो समय  प्रहरीले “लागु औषध” जन्ने बस्तुको कारोबार, ओसार पसार गर्ने गिरोहलाई पक्राउ गरि गैरकानुनी क्रियाकलापलाई धेरै मात्रामा कम गरेको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस