नायिका एलिजा गौतमको घोषणा, ७७ जिल्ला भर घर निर्माण ! - सिधा मिडिया


नायिका एलिजा गौतमको घोषणा, ७७ जिल्ला भर घर निर्माण !

प्रदिप पंगेनी
    २ पुष २०७७, बिहीबार २१:१४  मा प्रकाशित
320 जनाले पढ़िसके

प्रतिक्रिया



    स्याङ्जाः नायिका एलिजा गौतमले नेपालमा रहेका गरीब र असाहयको लागि ७७ वटा जिल्ला भर १०/ १० वटाको दरले घर निर्माण गर्ने भएकी छिन् ।

    एलिजा फाउण्डेशनले सामाजिक कार्यको निमित छिट्टै धादिङ सहित देशका ७७ वटै जिल्लाका विभिन्न दुर्गम तथा विकट भागमा गरिब, असहायहरुको लागि प्रत्येक जिल्लामा दश/दश वटा घरहरु निर्माण गर्ने कुरा सामाजिक संजाल फेसबुक मार्फत जानकारी गराउनु भएको छ ।

    उक्त निर्माण कार्यमा “हातमा हात र काँधमा काँध मिलाएर” सामाजिक कार्यको लागि सहकार्य गर्न सबैमा हार्दिक अनुरोध समेत गरेकी छिन । हामीले नगरे कसले गर्ने ?” भन्ने कुरालाई ध्यानमा राखेर यो महान कार्यको तयार गरेकी हौ” एलिजाले फेसबुकमा लेख्नु भएको छ ।

    साथै उक्त अभियान धादिङबाट सुरु गर्ने जानकारी समेत गराउनु भएको छ ।

    “आदरणीय देश तथा विदेशमा बस्नुहुने नेपाली महानुभावहरु सबैमा मेरो सादर नमस्कार;🙏🇳🇵
    सामाजिक कार्य गर्ने उद्देश्यले स्थापित एलिजा फाउण्डेशनले छिट्टै धादिङसहित देशका ७७ वटै जिल्लाका विभिन्न दुर्गम तथा विकट भागमा गरिब, असहायहरुको लागि प्रत्येक जिल्लामा दश/दश वटा घरहरु निर्माण गर्ने कुरा जानकारी गराउन चाहन्छु । यस पवित्र कार्यमा सबैको साथ, सहयोग र हौसला प्राप्त हुनेछ भन्ने विश्वास लिएका छौं । फाउण्डेशनले अहिले पनि विभिन्न सामाजिक कार्य गर्दै आएको कुरा यहाँहरुलाई सर्वविदितै छ । आउनुहोस “हातमा हात र काँधमा काँध मिलाएर” यस सामाजिक कार्यको लागि सहकार्य गरौं । “अहिले नगरे कहिले गर्ने ? र हामीले नगरे कसले गर्ने ?” भन्ने कुरालाई ध्यानमा राखेर हामी यो महान कार्यको लागि तयार भएका छौं । यो घोषणासँगै हामी पहिलो चरणको कार्य धादिङबाट सुरु गर्ने जानकारी गराउँछौं । हजुरहरुको अमूल्य साथ र सहयोगको अपेक्षासहित यो विशेष अनुरोध गरेको छु । धन्यवाद ।”
    एलिजा गौतम

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस