स्याङ्जाः स्याङ्जामा एकजनाले कोदालो प्रयोग गरि बरबर तबरले हत्या गरेका छन । स्याङ्जाको हरिनाश गाँउपालिका वडा नं. -०५ आग्रीडाँडा बस्ने १४ वर्षीय शेर बहादुर थापाको हत्या भएको हो ।
स्याङ्जाको हरिनाश गाँउपालिका वडा नं. -०५ आग्रीडाँडा बस्ने १४ वर्षीय शेर बहादुर थापालाई कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा स्याङ्जाको हरिनाश गाँउपालिका वडा नं. -०५ आग्रीडाँडा बस्ने २६ वर्षीय रेशम रानालाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक “राजेन्द्र प्रसाद अधिकारी” ले “सिधा मिडिया” लाई जानकारी दिएका हुन् ।
आग्रीडाँडामा सामान्य विवाद हुँदा रानाले टाउकोमा कोदालो प्रहार गर्दा शेरबहादुरको घटनास्थलमै मृत्यु भएको हो । ४ गते शनिवार दिउँसो अंन्दाजि १२:१५ बजेको समयमा कोदालो प्रहार गरी हत्या भएको हो । “शेरबहादुर”को घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ, जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट प्रहरी अधिकृत सहितको टोली खटिई गई प्रतिवादी बर्ष २६ को रेशम रानालाई पक्राउ गरेको हो ।
यस घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस