स्याङ्जामा वस र ट्रक जुध्यो १७ घाइते ५ को थप उपचारका लागि पोखरा रिफर (चोट र नाम सहित) - सिधा मिडिया

स्याङ्जामा वस र ट्रक जुध्यो १७ घाइते ५ को थप उपचारका लागि पोखरा रिफर (चोट र नाम सहित)

५ जनालाई थप उपचारको लागि GMC पोखरामा रिफर
    ११ पुष २०७७, शनिबार १९:१४  मा प्रकाशित
17801 जनाले पढ़िसके




स्याङ्जाः सिद्धार्थ राजमार्गमा सवारी दुर्घटना भएको छ ।  दिउँसो अं. १४:२५ बजेको समयमा स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. -११ वगालेथोक नजिकै सिद्धार्थ राजमार्गमा अर्जुनचौपारीबाट आउँदै गरेको ना. ५ ख. ५१३९ नं.को बस र पोखराबाट वालिङ तर्फ  जाँदै गरेको लु. १ ख. ६५९४ नं.को ट्रक एक आपसमा ठक्कर खाएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले “सिधा मिडिया” लाई जानकारी दिएका हुन् ।

प्रहरी नायव उपरीक्षक अधिकारीका अनुसार, एक आपसमा ठक्कर खाँदा वस र ट्रकमा सवार १७ जना व्यक्तिहरू घाईते भएका छन् ।   ५ जनालाई थप उपचारको लागि GMC पोखरामा रिफर गरेको, अन्य १२ जना सामान्य उपचार पश्चात डिस्चार्ज भएको समेत जनाएका छन् । ट्रक र बस प्रहरीको नियन्त्रणमा रहेको, राजमार्ग एकतर्फी सुचारू रहेछ।

– निम्न घाईतेहरूको नामावलि सहित:-

१)जिल्ला स्याङजा अर्जुनचौपारी गा.पा. २ बस्ने वर्ष ३८ को घमनसिङ गुरुङ,मुखमा चोट,अवस्था मध्यम, ऐ. १६:०० बजे GMC अस्पताल पोखराको लागि रिफर ,

२)ऐ. वडा न.३ घर भई हाल पोखरा बस्ने वर्ष ३५ की जमुना काफ्ले,दाहिने आखा माथि चोट,दाहिने खुट्टमा भित्री चोट,अवस्था मध्यम ऐ. १६:०० बजे GMC अस्पताल पोखराको लागि रिफर,

३)जिल्ला पर्वत महासिला गा.पा. ५ घर भई सोही वसको सह चालक काम गर्ने वर्ष २८ को अमृत वि.क.,टाउकोमा भित्री चोट,मध्यम, ऐ. १६:०० बजे GMC अस्पताल पोखराको लागि रिफर,

४) ट्रक चालक जिल्ला पाल्पा तानसेन न.पा. ८ डुम्रे वस्ने वर्ष ४३ को खुम व.दंगाल,दाहिने खुट्टामा चोट,अवस्था मध्यम । ऐ. १६४५ बजे GMC पोखराको लागि रिफर

५) जिल्ला स्याङ्जा अर्जुनचौपारी गा.पा. ४ बस्ने वर्ष ६८ की जमुना गुरुङ,मुखमा चोट अवस्था मध्यम ऐ. १६४५ बजे GMC पोखराको लागि रिफर

६)ऐ. ६ बस्ने वर्ष ६३ की तुलसी काप्ले दाहिने कोखामा भित्री चोट अवस्था मध्यम , जि. अस्पताल स्याङ्जामा उपचार पश्चात डिस्चार्ज ।

७) जिल्ला स्याङ्जा पुतली वजार न.पा. १३ बस्ने वर्ष ५६ को सालिग्राम सुनार,मुख र खुट्टामा चोट,अवस्था सामान्य , जि. अस्पताल स्याङ्जामा उपचार पश्चात डिस्चार्ज ।

८)ऐ. ऐ. वस्ने वर्ष ५० की उमादेवी सुनार,टाउकोमा सामान्य चोट,सामान्य , , जि. अस्पताल स्याङ्जामा उपचार पश्चात डिस्चार्ज ।

९) जिल्ला पर्वत महासिला गा.पा २ पर्वत वस्ने वर्ष ३० की चेत कुमारी नेपाली दाहिने खुट्टामा चोट,सामान्य , , जि. अस्पताल स्याङ्जामा उपचार पश्चात डिस्चार्ज ।

१०) जिल्ला स्याङ्जा अर्जुनचौपारी ३ बस्ने वर्ष ७६ को रुम व.गुरुङ,दाहिने आखा मुनी सामान्य चोट,सामान्य , , जि. अस्पताल स्याङ्जामा उपचार पश्चात डिस्चार्ज ।

११) जिल्ला स्याङ्जा पुतली वजार ११ वस्ने वर्ष ८३ को शेषकान्त अर्याल,दाहिने खुट्टमा चोट,सामान्य, , जि. अस्पताल स्याङ्जामा उपचार पश्चात डिस्चार्ज ।

१२)जिल्ला पर्वत माहाशिला गा.पा. ५ बस्ने वर्ष १८ को सागर गैरे ,मुखमा चोट,सामान्य , , जि. अस्पताल स्याङ्जामा उपचार पश्चात डिस्चार्ज ।

१३) जिल्ला स्याङ्जा अर्जुनचौपारी २ बस्ने वर्ष ४७ को प्रितमसिङ गुरुङ,मुखमा चोट,सामान्य, , जि. अस्पताल स्याङ्जामा उपचार पश्चात डिस्चार्ज ।

१४) ट्रक सहचालक जिल्ला पाल्पा तानसेन न.पा. ८ डुम्रे वस्ने वर्ष वर्ष १९ को बसन्त कुवर,मुखमा चोट सामान्य , , जि. अस्पताल स्याङ्जामा उपचार पश्चात डिस्चार्ज ।

१५)जिल्ला स्याङ्जा अर्जुनचौपारी ३ बस्ने वर्ष ६३ को मन व.घले,खुट्टामा चोट सामान्य, , जि. अस्पताल स्याङ्जामा उपचार पश्चात डिस्चार्ज ।

१६)ऐ. पुतली वजार न.पा. १ बस्ने वर्ष ३२की भगवती पौडेल,दाहिने खुट्टामा चोट,सामान्य , , जि. अस्पताल स्याङ्जामा उपचार पश्चात डिस्चार्ज ।

१७) जिल्ला पर्वत महासिला २ बस्ने वर्ष ५० की हिम कुमारी गुरुङ मुख खुट्टमा चोट सामान्य , , जि. अस्पताल स्याङ्जामा उपचार पश्चात डिस्चार्ज ।

नोट:- थप उपचारको लागि ५ जना GMC पोखरा रिफर गरिएको छ भने, १२ जना जिल्ला अस्पताल स्याङ्जामा उपचार
पश्चात डिस्चार्ज भईसकेका छन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस