संसद विघटनविरुद्ध दोलखामा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर कुकुरको घाँटीमा राखेर प्रदर्शन गरिएको छ ।
चरिकोट बजारमा शनिबार यसरी प्रदर्शन गरिएको केहीबेरमै प्रदर्शनकारीबाट प्रहरीले कुकुर र तस्बिर खोसेका थिए ।
हाल नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध देशभर विरोध कार्यक्रम जारी राखेका छन् ।
शनिबार कुकुरको गलामा प्रधानमन्त्रीको तस्बिर राखिएर प्रदर्शन गरिएको विषयमा भने सामाजिक सन्जालमा चर्को विरोध भएको छ । मानिसहरुले पशु अधिकारको हनन् भएको भन्दै यस कार्यको आलोचना गरेका छन् ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस