स्याङ्जाः प्रहरीले अवैध रुपमा लुकाइ राखेको सालको काठ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जा मातहत प्रहरी चौकी गल्याङ्बाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले गोप्य सूचनाको आधारमा स्याङ्जा गल्याङ नगरपालिका ९ चितडाँडा स्थित बाटोमा बेवारिसे अवस्थामा रहेको अवैध सालको काठ १३ गते बरामद गरेको हो ।
त्यस्तै, १२ गते राती २०:४५ बजेको समयमा गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जा मातहत प्रहरी चौकी गल्याङ्बाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले स्याङजा गल्याङ नगरपालिका ९ चितडाँडा बस्ने सागर खनालको फर्निचरमा लुकाई छिपाई राखेको अवैध सालको काठ समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले “सिधा मिडिया” लाई जानाकारी दिएका हुन् ।
प्रहरीले खनालको फर्निचरमा लुकाई छिपाई राखेको अवैध सालको काठ गोलिया १० थान, चिरेको १९ थान फेला पारी बरामद गरेको जनाएको छ । चितडाँडाकै साङलिया स्थित बाटोमा वेवारिसे अवस्थामा सालको चिरेको १४ थान र गोलिया ३२ थान गरी जम्मा ७५ थान फेला पारेको हो । प्रहरीले बरामद काठ जम्मा १०७.२१ क्यू.फिट फेला पारी बरामद गरेको जनाएको छ ।
बरामद ७५ थान अवैध सालको काठ थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागी प्रहरी चौकी गल्याङ स्याङ्जाको च.नं. १५३ को पत्र साथ सव
डिभिजन बन कार्यालय गल्याङ स्याङ्जामा बुझाईएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया