स्याङ्जाः २ के.जी. गाँजा सहित १ जना मानिस पक्राउ परेका छन् । स्याङ्जामा प्रतिबन्धित लागुऔषधको ठुलो परिमाण गाँजा सहित मिर हसन अन्सारी पक्राउ परेका हुन् ।
१३ गते दिउँसो लगभग ३ बजेर ५० मिनेटको समयमा प्रतिबन्धित लागुऔषध गाँजा बोकी हिडेको अवस्थामा अन्सारी फेला परेका थिए । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका वडा नं. ३ काफलडाँडा भन्ने स्थानमा अन्सारीको साथ बाट २ केजी गाँजा बरामत गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले “सिधा मिडिया” लाई जानकारी दिएका छन् ।
गाँजा सहित फेला परेका अन्सारीलाई १४ गते आज सार्वजनिक गरिएको छ । अधिकारीका अनुसार, बारा जिल्ला बेनौली गाँउपालिका. २ स्थायी वतन भएका बर्ष २० को मिर हसन अन्सारीले प्लास्टीकको बोरामा बोकी हिडेको अवस्थामा प्रतिबन्धित लागुऔषध २ के.जी. गाँजा फेला परेको थियो । उक्त गाँजा फेला परे सँगै लागुऔषध बरामद गरी निज मिर हसन अन्सारीलाई तत्काल पक्राउ गरीएको छ ।
अन्सारीलाई नियन्त्रणमा लिई लागुऔषध मुद्धा दर्ता गरी थप अनुसन्धान कार्य भई रहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया