देश अघोषित लोडसेडिङको मारमा, कुलमानलाई सम्झिंदै उपभोक्ता - सिधा मिडिया


देश अघोषित लोडसेडिङको मारमा, कुलमानलाई सम्झिंदै उपभोक्ता

सिधा मिडिया संवाददाता
    १६ पुष २०७७, बिहीबार १२:५५  मा प्रकाशित
88 जनाले पढ़िसके

प्रतिक्रिया



    नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङ हुन्जेल लोडसेडिङको समस्या थिएन । तर उनी अवकाश भएको ३ महिनादेखि नै नेपालमा घोषित लोडसेडिङ नभए पनि अघोषित लोडसेडिङ सुरु भएको छ ।

    काठमाडौं उपत्यकामा साँझमा त झ्याप्प झ्याप्प बत्ती जाने समस्या थियो । पछिल्ला दिनमा दिउँसो पनि अघोषित लोडसेडिङको मार उपभोक्ताले खेप्न थालेका छन् ।

    ऊर्जामन्त्री टोपबहादुर रायमाझीले पदबहाली गर्दा अघोषित लोडसेडिङ कसरी हटाउने भन्दा एमसीसीको पक्षपोषण र कुलमानको बिरोध गर्नमै बिताएका थिए ।

    नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घोषित लोडसेडिङ गर्दा बिरोध हुने भएकाले अघोाषित लोडसेडिङ गर्दा उपभोक्ताहरु इन्भर्टरको जोहो गर्न बाध्य हुन थालेका छन् । सामाजिक संजालमा उपभोक्ताहरुले अघोषित लोडसेडिङको मारमा परेको पीडा पोख्न थालेका छन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस