पोखरामा कोरोना संक्रमित महिलाको मृत्यु - सिधा मिडिया


पोखरामा कोरोना संक्रमित महिलाको मृत्यु

सिधा मिडिया संवाददाता
    १६ पुष २०७७, बिहीबार १५:१६  मा प्रकाशित
117 जनाले पढ़िसके

प्रतिक्रिया



    काठमाडौं । कास्कीको पोखरास्थित फिस्टेल अस्पतालमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

    पोखरा महानगरपालिका-२ की ५८ वर्षीया महिलाको उपचारको क्रममा बिहीबार बिहान ७:३५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

    गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माका अनुसार उनीमा बुधबार मात्र कोरोना संक्रमण पुष्टि भएको थियो ।

    योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९२ पुगेको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस