स्याङ्जाः प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपाको केन्द्रीय सदस्यमा स्याङ्जाको चापाकोट बाट नेकपा चापाकोटका नगरसचिव राजु कोइराला मनोनीत भएका छन् । स्याङ्जाका युवा उधमी तथा नेकपा चापाकोटका नगर सचिव हुन् ।
सत्तारूढ नेकपामा दरिलो स्थापित तथा सक्रिय छवि बनाएका कोइरालालाई प्रधानमन्त्री केपी शर्मा ओली पक्षको समुहले केन्द्रीय सदस्यमा मनोनीत गरेको हो । स्याङ्जाको चापाकोट आफ्नै भुमिलाई राजनीतिक केन्द्र बनाएर युवाहरूको भावी नेतृत्वको रुपमा दरिलो पकडका साथ ओली पक्षको नेकपाको केन्द्रीय सदस्यमा मनोनीत भएका हुन् । कोइरालाको चापाकोटमा राजनितीक पाइलाहरु बलियो रहेको बुझ्न सकिन्छ ।
कांङ्ग्रेसको राम्रो प्रभाव क्षेत्र मानिने स्याङ्जाको चापाकोटमा राजु कोइरालालाई अगाडि सारेर कडा प्रतिस्पर्धाको तयारीमा नेकपा लागेको स्रोतका एक नेताले “सिधा मिडिया” लाई बताएका छन् ।
नेकपा ओली समुहको केन्द्रीय सदस्यमा मनोनीत राजु कोइराला लाई “सिधा मिडिया” को तर्फबाट आगामि राजनितीको पाइलाहरु सफल होस् तथा कार्यकालको बधाई तथा शुभकामना !!!
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस