झिलमिली सामुदायिक वनले युवा लाई बितरण गर्यो खेलकुद सामाग्री - सिधा मिडिया





झिलमिली सामुदायिक वनले युवा लाई बितरण गर्यो खेलकुद सामाग्री

    २० पुष २०७७, सोमबार ११:१६  मा प्रकाशित
224 जनाले पढ़िसके








 कंचनपुर । वन र वन्यजन्तु संरक्षणमा जुटेको कञ्चनपुरको झिलमिली सामुदायिक वन उपभोक्ता समुहले खेलकुद क्षेत्रको विकासका लागि योगदान दिने लक्ष्य का साथ झिलमिली सामुदायिक वनले कञ्चनपुरका खेलाडीलाई खेलकुद समाग्री सहयोग गरेको छ ।

आइतबार झिलमिली सामुदायिक वनका अध्यक्ष अर्जुन साउदले युवा खेलाडीलाई भलिबल, फुटबल, नेट, ब्याडमिन्ट, नेट, कर्क लगायतका खेलकुद समाग्री हस्तान्तरण गरेका हुन । नेकपा कञ्चनपुरका युवा नेता समेत रहेका झिलमिली सामुदायिक वनका अध्यक्ष साउदले ग्रामीण भेगको खेलकुद विकासका लागि सामुदायिक वनबाट खेलकुद समाग्री दिएको बताएका छन ।

खेलकुद समाग्री पाएका खेलाडीहरुले समेत फरक उदेश्य र काम बोकेर सामुदायिक वनबाट अनपेक्षित सहयोग पाएकोमा खुसी र आभार प्रकट गरेका छन ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस