स्याङ्जामा “कोईराला”को पहलमा “ओली खेमा”मा काङ्ग्रेसबाट ५० जना पाटी प्रवेश

चापाकोटमा प्रचण्ड- माधब गुटको नेकपा र नेपाली काङ्ग्रेस कमजोर बन्दै !
    २१ पुष २०७७, मंगलवार २१:४६  मा प्रकाशित
1470 जनाले पढ़िसके








स्याङ्जा: नेकपा पाटी भित्र आन्तरिक गुट सँगै बिभाजनतर्फ अगाडि बढिरहेको बेला स्याङ्जामा भने केपी  ओली खेमामा एकै पटक ठुलो संङ्ख्यामा पाटी प्रवेशको लर्को लागेको छ । नेकपा स्याङ्जाले आईतवार चापाकोट नगरपालिकामा आयोजना गरेको कार्यक्रममा राजु कोईरालाको पहलमा नेपाली काङ्ग्रेसबाट ५० जना ओली खेमामा चापाकोटका स्थानीय नेताकार्यकर्ता प्रवेश गरेका छन ।

यसरी एका एक केपी  ओली खेमामा कोईरालाको पहलमा ठुलो मात्रामा पाटी प्रवेश भए पछि चापाकोटमा नेकपाको आर्को समुह र चापाकोटको नेपाली काङ्ग्रेस लाई ठुलो झड्का लागेको छ । यो सँगै चापाकोटमा आर्को गुटको नेकपा र नेपाली काङ्ग्रेस कमजोर बन्दै गएको देखीन्छ ।



स्याङ्जामा नेकपाका दुबै खेमाहरु यतिबेला स्थानीय स्तरसम्म पार्टी संगठनको भेला, बैठक र प्रशिक्षण कार्यक्रमको आयोजना गरेका छ्न । ओली खेमाको पालिकास्तरिय भेला प्रशिक्षणको क्रममा कांङ्ग्रेसबाट ठूलो संख्यामा पार्टी प्रवेश गरेको नेकपाका केन्द्रिय सदस्य तथा नगर कमिटी सचीव राजु कोइरालाले “सिधा मिडिया” लाई बताए । कोईरालाका अनुसार तरुण दलका नगर स्तरीय नेता सुरज गहतराजको नेतृत्वमा वडा नं. १ बाट तरुण दलका वडा अध्यक्ष मोहन राना सहित ५० जना पार्टीमा प्रवेश गरेका हुन ।

राष्ट्रियता र समृद्धिको विषयमा केपी ओलीको नेतृत्वमा रहेको नेकपा नै सहि रहेको बताउंदै नव प्रवेशीहरुले यतिबेला सबै नेपालीले ओलीको नेतृत्वमा रहेको राजनैतिक अभियानलाई साथ दिनुको विकल्प नरहेको बताए ।

नेकपा चापाकोट नगर कमिटीले आयोजना गरेको कार्यक्रममा केन्द्रिय सदस्य तथा प्रदेश कमिटी सचीव गोविन्द नेपाली, केन्द्रिय सदस्य जिल्ला समन्वय प्रमुख सीता सुन्दास, केन्द्रिय सदस्य जिल्ला अध्यक्ष सुर्य प्रसाद गैह्रे, केन्द्रिय सदस्य मुक्ति पाठक, केन्द्रिय सदस्य किशोरबिक्रम मल्ल, केन्द्रिय सदस्य सरस्वती भट्टराई र अर्का केन्द्रिय सदस्य पुण्य भुसाल लगाएतले मन्तव्य राखेका थिए । जिल्ला सदस्य राजु भट्टराईले सन्चालन गरेको कार्यक्रमको अध्यक्षता नेकपा केन्द्रिय सदस्य तथा नगर कमिटी सचीव राजु कोइरालाले गरेका थिए ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस