१० सिट मात्र जितेर देखाउन प्रचण्ड नेपाल समूहलाई प्रधानमन्त्री ओलीको चुनौती - सिधा मिडिया


१० सिट मात्र जितेर देखाउन प्रचण्ड नेपाल समूहलाई प्रधानमन्त्री ओलीको चुनौती

सिधा मिडिया संवाददाता
    २४ पुष २०७७, शुक्रबार १९:२४  मा प्रकाशित
46 जनाले पढ़िसके

प्रतिक्रिया



    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड माधव पक्षलाई चुनावमा १० सिट ल्याएर देखाउन चुनौती दिएका छन् ।

    धनगढीमा नेकपाको ओली पक्षले आयोजना गरेको जनसभालाई सम्बोध गर्दै प्रधानमन्त्री ओलीले आफूले २०५४ सालमा तत्कालिन एमाले फुट्दा पनि १० सिटको चुनौती दिएको स्मरण गरे ।

    २०५४ सालमा पनि हामीले भनेका थियौं चोइटिएर जानेहरुले दुई अंकमा सिट जितेर देखाउनुस्, दुई अंकमा भनेको देशभरीबाट १० सिट ल्याएर देखाउनुस्’ उनले भने,‘धनगढीको यस आमसभामा म भन्दैछु १० वटा सिट ल्याएर देखाउनुस् ।’

    प्रधानमन्त्री ओलीले माधव प्रचण्ड पक्ष आफन्तको लागि राजनीतिमा लागेको टिप्पणी । आफूले कोही आफन्तलाई टिपेर कुनै पदमा नराखेको बताए ।

    ‘पार्टी उहाँहरुको अरे, जसलाई छोरीहरुको, बुहारीको मतलब छ तिनको पार्टी हो कि तपाईहरुको पार्टी हो ?’उनले प्रश्न गर्दै भने,‘यो पार्टी सम्धी छोरीबुहारी भाइभतिजावाल पार्टी होइन, यो तपाईहरुको जनताको पार्टी हो ।’

    घाम लागेपछि लाटोकोसेरो टिक्न नसकेजस्तै प्रचण्डहरु टिक्न नसकेको ओलीले टिप्पणी गरे ।

    नेपाल कम्युनिष्ट पार्टी(नेकपा) द्धारा शुक्रबार धनगढीमा आयोजित प्रदेशस्तरीय भेलामा प्रधानमन्त्री केपी शर्मा ओली प्रस्थान गर्दै।

    ‘काम लाग्छ कि भनेर मैले प्रचण्डलाई पार्टीमा ल्याएको थिएँ तर जस्ताको तस्तै’ उनले भने,‘लाटो कोशेरो झलल्ल घाम लाग्यो भने आँखा चिम्लिन्छ । अध्यारोमा उड्ने, चर्ने बानी गरेकाहरु घाम लागेपछि उज्योमा टिक्न सक्दैनन् । यहाँ चेतनाको ज्योतिबाट भ्रम हटाइन्छ, अन्धकारका विरुद्ध लागिन्छ यसकारण यस ठाउँमा लाटाकोसेराहरु टिक्न सक्दैनन् ।’

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस