यी ५ अभिनेत्रीः जस्ले आमा बनेर पनि बलिउडमा हंगामा मच्चाए - सिधा मिडिया


यी ५ अभिनेत्रीः जस्ले आमा बनेर पनि बलिउडमा हंगामा मच्चाए

सिधा मिडिया संवाददाता
    २४ पुष २०७७, शुक्रबार १९:३५  मा प्रकाशित
79 जनाले पढ़िसके

प्रतिक्रिया



    बलिउड फिल्म क्षेत्र संसारमै चर्चित छ । जहाँका नायिकाका अफेयर, इन्गेजमेन्ट, विवाह र सम्बन्धविच्छेददेखि आमा बन्नेसम्मको कुराले बलिउडमा निकै चर्चा पाउने गर्छ ।

    नायिकाको हकमा बिवाह र सन्तान जन्माउनुले फिल्मी करियरमा निकै असर गर्छ । धेरै नायिका बिवाहपछि हराउछन् भने कतिपय फिल्ममा देखियपनि सफलता हात पार्न सक्दैनन् ।

    तर अझै पनि केही अभिनेत्री यस्ता छन् जसले आमा बनेपछि पनि फिल्ममा उत्तिकै सफल भए ।

    करीना कपूर खान
    सन् २०१६ मा करीना कपूर खानले छोरा तैमूरलाई जन्म दिइन् । छोरा जन्माउनको लागि उनले केही समय फिल्मबाट ब्रेक पनि लिइन् । त्यसपछि उनले सन् २०१८ मा फिल्म ‘वीरे दी वेडिंग’ बाट दमाकेदार प्रस्तुतीसहित फिल्ममा फर्किइन् । त्यति मात्र होइन उनले रेडियो शोको सिजन पनि चलाइन् । हाल उनी आमिर खानसँग फिल्म ‘लाल सिंह चढ्डा’ मा पनि काम गरिरहेकी छन् ।

    काजोल

    काजोलको अभिनयको जादु अझैसम्म चलिरहेको छ । उनले सन् २००३ मा छोरी न्यासालाई जन्माएपछि सन् २००६ मा फेरि फिल्ममा आइन् भने दोस्रो सन्तान युगलाई सन् २०१० मा जन्म दिएपछि पुन उनले ५ वर्षपछि ‘दिलवाले’ मा काम गरिन् । उनको करियर अझै पनि निकै राम्रो चलिरहेको छ ।

    हेमा मालिनी

    सन् १९८० मा धर्मेन्द्रसँग विवाह गरिन् । उनले सन् १९८१ मा छोरी ईशा र सन् १९८५ मा छोरा अहाना देओललाई जन्म दिइन् । उनी दुवै सन्तानलाई जन्म दिएको समयमा पनि फिल्ममा काम गरिरहेकी थिइन् ।

    श्रीदेवी

    भारतीय सिनेमाकी पहिलो सुपरस्टर श्रीदेवीको करियर सधैँ उचाईमा रह्यो । उनले फिल्ममा करियर उचाईमा हुँदाहुँदै बोनी कपूरसँग विवाह गरिन् । उनले सन् १९९७ मा जान्हवी र २००० मा खुशीलाई जन्म दिइन् । १५ वर्षसम्म फिल्मबाट टाढा रहेकी श्रीदेवीले पुनः ‘इंग्लिश विंग्लिश’ फिल्ममार्फत पुन धमाल मचाइन् । करियर उचाइमा हुँदाहुँदै उनको मृत्यु भयो ।

    रानी मुखर्जी

    सन् २०१४ मा निर्देशक आदित्य चोपडासँग विवाह गरेकी रानीले सन् २०१५ मा छोरी अदिरालाई जन्म दिइन् । त्यसपछि उनी सन् २०१८ देखि पुन फिल्ममा देखिन थालिन् । उनले ‘हिचकी’ सँगसँगै ‘मर्दानी २’ जस्ता चर्चित फिल्ममा काम गरिसकेकी छिन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस