कुवाकोट सानाकिसान कृषि सहकारीको छैठौ वार्षिक साधारण सभा, कोइराला पुनः अध्यक्षमा निवार्चित - सिधा मिडिया

कुवाकोट सानाकिसान कृषि सहकारीको छैठौ वार्षिक साधारण सभा, कोइराला पुनः अध्यक्षमा निवार्चित

जम्मा शेयर सदस्य संख्याः १५३४, महिला १४९६, पुरुष ३८,
    २५ पुष २०७७, शनिबार २१:०५  मा प्रकाशित
1162 जनाले पढ़िसके




स्याङ्जाः शनिवार स्याङ्जाको चापाकोट नगरपालिका १० बोटेटारमा कार्यालय रहेको कुवाकोट साना किसान कृषि सहकारी संस्था लि, को छैठौ वार्षिक साधारण सभा तथा अधिवेशन कार्यक्रम संम्पन् गरिएको छ ।

चापाकोटमा गरिएको कार्यक्रमा कुवाकोट साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष “राजु कोइराला” को अध्यक्षता तथा जिल्ला सहकारी संघ स्याङजा का अध्यक्ष श्री लक्ष्मी पति पौडेल ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रम प्रथम चरणमा अतिथि आसनग्रण पस्चात राष्टिय गान तथा प्रमुख अतिथि बाट मैन बति बालेर छैठौ वार्षिक साधारण सभा कार्यक्रम उद्धघाटन गरिएको थियो । दुर्गा खनालले स्वागत मन्तव्य प्रस्तुत गरेकी थिइन् ।

अध्याक्ष राजु कोइरालाले  वार्षिक प्रतिवेदन सुनाउदै, आउदो आर्थिक वर्षमा कृषि पसल संचालन तथा उद्यमशिल तालिम दिई कृषक सदस्यहरु लाई सिप मुलक बनाउने उदेश्य बारे प्रकास पार्दै पेन्सन बचत सुचारु गर्ने प्रस्ताव पेश गरेका थिए । भने सर्वसम्मत बाट पारित समेत भएको छ ।

लेखा परिक्षण प्रतिवेदन प्रवन्धक द्धारा आर्थिक वर्ष २०७६।०७७ को लेखा प्रतिवेदन पेश गरिएको थियो । जसमा जम्मा शेयर सदस्य संख्याः १५३४, महिला १४९६, पुरुष ३८, कृषक सदस्यहरु लाई ९ प्रतिशतमा मासुजन्य तथा तरकारी खेती ऋण लागनी गरिएको छ ।

भुमी व्यवस्था गरिबि निवारण तथा सहकारी मन्त्रालय द्धारा कागती खेती प्रयोजना चापाकोट नगरपालिका २ ठाँटी भञ्ज्याङमा सञ्चालन आर्थिक वर्ष २०७७।०७८ का उदेश्यहरु सदस्य संख्याः २५०० शेयर १ करोड लगानी १५ करोड पुर्याउने लक्ष्य रहेको बतायका थिए ।  प्रमुख अतिथि द्धारा सहकारी को उत्तर उत्तर प्रगतिका सुभकामन दिनु हुदै भविष्यमा निरन्तर साथ र सहयोग गर्ने प्रतिवदता समेत गरेका थिए ।

 

साथै नब निवार्चित सञ्चालक समितिका पदाधिकारीहरु लाई ४ वर्ष कार्यकालको शुभकामना दिदै आफनो शुभकामना मन्तव्य राखेका थिए । कुवाकोट साना किसान कृषि सहकारी संस्था लि, को छैठौ वार्षिक साधारण सभामा पुरानो समिति विगठन गरि पुन नँया समिति गठन गरिएको छ । राजु कोइराला पुनः कुवाकोट सानाकिसान कृषि सहकारीको अध्यक्षमा निवार्चित भएका छन् ।

नव निवार्चित सञ्चालक समितिहरुका क्र.स. नाम थर पद ठेगाना निम्न रहेका छन् ।

१ राजु कोइराला, अध्यक्ष, बोटेटार

२ याम कुमारी खनाल, उपाध्यक्ष, आदिघाँट

३ जिता राना, सदस्य, पिपलडाडा

४ कमला श्रेष्ठ, सदस्य, दारसिँह

५ माया जि.टि, सदस्य, बैडी

६ गंगा श्रेष्ठ, सदस्य, दामाचौर

७ लक्ष्मी आले, सदस्य, चौघेरा

८ मिना गैह्रे, सदस्य, माडी

९ तिला देवी भण्डारी, सदस्य, मगरे

१० सिता थापा मगर, सदस्य, छाँप भञ्ज्याङ

११ चिनु माया श्रेष्ठ, सदस्य, बोटेटार

१२ सिता थापा, सदस्य, शिशिरडाडा

१३ कविता कुमाल, सदस्य, पेट्रोलपम्प

१४ जमुना वि.क, सदस्य, क्वामी

१५ सावित्रा श्रेष्ठ, सदस्य, छिपछापँ

 

नव निवार्चित सञ्चालक समितिहरुको चयन गर्दै कुवाकोट सानाकिसान कृषि सहकारीको छैठौ वार्षिक साधारण सभाको अन्तयमा  प्रमुख अतिथि ,विशिष्ट अतिथि लगायत अतिथि ज्यू लाई माया को चिनो प्रदान गरि अध्यक्ष राजु कोइराला बाट वार्षिक साधारण सभा तथा अधिवेशन कार्यक्रम समापन गरिएको थियो ।

 

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस