नेकपा केन्द्रिय सदस्य राजु कोइरालाद्वारा कुवाकोट नेवार समाजको भवन शिलन्यास - सिधा मिडिया






नेकपा केन्द्रिय सदस्य राजु कोइरालाद्वारा कुवाकोट नेवार समाजको भवन शिलन्यास

भवन निमार्णका लागि वातावरण तथा वन विभाग बाट बिस लाख अनुदान प्राप्त
    २६ पुष २०७७, आईतवार १४:५१  मा प्रकाशित
791 जनाले पढ़िसके









स्याङ्जाः  ने. क.पा केन्द्रिय सदस्य राजु कोइराला द्वारा स्याङ्जाको चापाकोट नगरपालिका १० मा रहेको कुवाकोट नेवार समाज सांस्कृतिक संरक्षण केन्द्रको भवन निमार्णको शिलन्यास गरेका छन् । आईतवार आज २६ गते बिहान ८ बजेको सुभ साईतमा कुवाकोट नेवार समाज सांस्कृतिक संरक्षण केन्द्रको भवन निमार्णको लागि शिलन्यास गरिएको हो ।

कुवाकोट नेवार समाजका अध्यक्ष गंगा बहादुर श्रेष्ठ,  ने. क.पा केन्द्रिय सदस्य राजु कोइराला, तथा समाजसेवी पण्डित बालकृष्ण भण्डारी बाट धार्मिक पुजा सहित शिलन्यास भएको हो । संस्थाको कोषाध्यक्ष चिनुमाया श्रेष्ठ द्वारा अौपचारिक कार्यक्रम सञ्चालन गर्दै उपस्थित अतिथिहरुको आसनग्रहण गराईएको थियो । कुवाकोट नेवार समाजका सम्पुर्ण सदस्यहरु द्वारा उपस्थित अतिथिहरुलाई खुसीका साथ सम्मान कार्यक्रम गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि ने. क.पा केद्रिय सदस्य राजु कोइराला, त्यस्तै विशिष्ठ अतिथि चापाकोट नगरपालिका १० का वडाअध्यक्ष  रामु कोइराला , विशिष्ठ अतिथि किसान प्राविधिक शिक्षालयका प्रशासकिय सहायक प्रमुख रेशमलाल पंज्ञानी रहेका थिए । प्रमुख अतिथिहरुले शुभकमना दिदै संस्थाको उत्तर उत्तर प्रगतिको कामना साथ सदैव साथ र सहयोग गरिरहने बताएका छन् ।

कुवाकोट नेवारसमाजका अध्यक्ष द्वारा उक्त नेवार समाज को भवन निमार्ण कार्यका लागि आवश्यक पहल गरि सहयोग पु¥याएको भन्दै उपस्थित प्रमुख अतिथि राजु कोइराल, विशिष्ठ अतिथि रामु कोइराला र रेशम लाल पंज्ञानी लाई सबै नेवार समाज को तर्फ बाट हार्दिक धन्यवाद व्यक्त गरेका थिए । साथै उक्त भवन निमार्णका लागि वातावरण तथा वन विभाग बाट रु २००००००( अक्षरुपि बिस लाख मात्र) अनुदान प्राप्त भएको समेत “सिधा मिडिया” लाई जानकारी दिएका हुन ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस