अदालतमा विचाराधीन मुद्दामा अहिले बोल्न मिल्दैन : सभापति देउवा, संसद् पुनस्र्थापनामा छानुपर्छ : पौडेल - सिधा मिडिया


अदालतमा विचाराधीन मुद्दामा अहिले बोल्न मिल्दैन : सभापति देउवा, संसद् पुनस्र्थापनामा छानुपर्छ : पौडेल

सिधा मिडिया संवाददाता
    २७ पुष २०७७, सोमबार ११:२८  मा प्रकाशित
42 जनाले पढ़िसके

प्रतिक्रिया



    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन भएकाले अहिले केही बोल्न नमिल्ने बताए ।

    प्रजातान्त्रिक विचार समाजले आज उनकै निवास बूढानीलकण्ठमा आयोजना गरेको ‘सूर्यप्रसाद उपाध्याय विशेष पुस्तक विमोचन’ कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले आफ्नो पार्टीलाई अदालतको निर्णय मान्य हुने कुरा दोहोराएका हुन् ।

    कांग्रेसले जहिल्यै न्यायालयको सम्मान गरेको बताउँदै उहाँले आफ्नो पार्टी अदालतको निर्णयको पर्खाइमा रहेको उल्लेख गरे । प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले सडकबाट दबाब दिन नहुने उनको धारणा थियो ।

    जनता मतदान गर्न उत्साहित रहेको जनाउँदै उहाँले सर्वोच्च अदालतले मध्यावधि चुनावमा जाने विषयमा निर्णय लिए कांग्रेस चुनावमा जाने सभापति देउवाले बताए ।

    कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानमा संसद् विघटन गर्ने ठाउँ नरहेको बताए । कांग्रेस संसद् पुनस्र्थापनाको पक्षमा आवाज लिएर सडकमा जानुपर्ने उनको भनाइ थियो । कांग्रेसले विगतमा पनि चुनाव बहिष्कार गरेकाले अहिले संसद् पुनस्र्थापनाकै पक्षमा सशक्तरूपमा आवाज उठाउन पार्टीसित विकल्प नभएको नेता पौडेल बताउँछन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस