काठमाडौंको कुलेश्वर केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का - सिधा मिडिया


काठमाडौंको कुलेश्वर केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

सिधा मिडिया संवाददाता
    २७ पुष २०७७, सोमबार १६:२७  मा प्रकाशित
58 जनाले पढ़िसके

प्रतिक्रिया



    काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।

    काठमाडौंको कुलेश्वर केन्द्रबिन्दु भएर दिउँसो २ बजेर ३२ मिनेटमा ३ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    यो नयाँ भूकम्प नभएर पुरानै भूकम्पको पराकम्प भएको बताइएको छ ।

    परकम्पको धक्का कुलेश्वरसहित आसपास र ललितपुरका केही क्षेत्रमा महसुस गरिएको थियो ।

    २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पको परकम्प अझै पनि गइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस