साँढेको आक्रमणबाट ८० वर्षीया वृद्धाको मृत्यु - सिधा मिडिया





साँढेको आक्रमणबाट ८० वर्षीया वृद्धाको मृत्यु

    २८ पुष २०७७, मंगलवार १४:२८  मा प्रकाशित
1286 जनाले पढ़िसके








सप्तरीको छिन्नमस्ता गाउँपालिकामा साँढेको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरकी ८० वर्षीया दुर्गीदेवी साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

मङ्गलबार राति ९ बजे आफ्नै घर अगाडि बाटामा हिँडिरहेका अवस्थामा सार्वजनिक रुपमा छाडिएको साँढेले पछाडिबाट आक्रमण गर्दा गम्भीर घाइते भएकी साहलाई उपचारका लागि जिल्ला सदरमुकाम राजविराजतर्फ ल्याउने क्रममा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले बताएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस