सूर्य चिन्ह र नेकपा नाम हाम्रै हुन्छ, नभए आँधीवेहरी आउँछ: प्रचण्ड - सिधा मिडिया


सूर्य चिन्ह र नेकपा नाम हाम्रै हुन्छ, नभए आँधीवेहरी आउँछ: प्रचण्ड

सिधा मिडिया संवाददाता
    २८ पुष २०७७, मंगलवार १८:३४  मा प्रकाशित
82 जनाले पढ़िसके

प्रतिक्रिया



    नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिष्ट पार्टी नेकपा र सूर्य चुनाव चिन्ह आफूहरूले नपाए आँधीवेहरी आउने चेतावनी दिएका छन् । मंगलबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलामा प्रचण्डले नेकपा नाम र सूर्य चिन्ह आफूहरूले पाउनेमा शतप्रतिशत विश्वस्त रहेको पनि बताएका छन्।

    उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा भंग गर्नु असंवैधानिक रहेको पनि बताएका छन्।पार्टीभित्रको विवादले प्रतिनिधि सभा भंग गर्न नमिल्ने उनले बताएका हुन्। उनले ५० प्रतिशत केन्द्रीय सदस्य हुनेले नाम र चिन्ह पाउने भए पनि आफूहरूसँग ७० प्रतिशत केन्द्रीय सदस्य रहेको प्रचण्डको दाबी छ।

    ‘नाम र चिन्ह हाम्रो हुन्छ। नेकपा र सूर्य चिन्ह हाम्रै हो,’ उनले भने, ‘यसमा कुनै द्विविधा राख्नु पर्ने छैन।’ उनले नेकपा नाम र सूर्य चिन्ह आफूहरूले पाउनेमा शतप्रतिशत विश्वस्त रहेको पनि बताएका छन्।

    केपी ओलीले जालझेलको भाषा बोल्ने गरेको भन्दै आफु अहिले भइरहेको विवादबारे सत्य बोल्ने बताए । उनले केन्द्रीय समिति बैठकले ओलीलाई कार्यशैली सच्याउ या भ्रष्टाचारको छानविन गर्न तयार हुन निर्देशन दिने तयारी भएको भन्दै नभए जिम्मेवारी छाड्देउ भन्नेवाला रहेको बताए । ‘तर पार्टीभित्र अल्पमतमा परे भन्दैमा पार्टी नै फुटाउने, संविधान कुल्चने र संसद भंग गर्ने अधिकार कही छ ?’ प्रचण्डले प्रश्न गरे । उनले पार्टीभित्र विवाद भयो भनेर सार्वभौम संसदमा प्रहार गर्न मिल्छ भनेर जवाफ दिन सक्ने क्षमता ओलीसँग नभएको बताए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस