यी हुन् ओली सरकारले गरेका राम्रा काम - सिधा मिडिया


यी हुन् ओली सरकारले गरेका राम्रा काम

सिधा मिडिया संवाददाता
    २८ पुष २०७७, मंगलवार १९:१३  मा प्रकाशित
61 जनाले पढ़िसके

प्रतिक्रिया



    यो अवधिमा सरकारको प्रशंसाभन्दा आलोचना धेरै भयो। धेरै विषयमा आलोचित सरकारले दीर्घकालिन महत्वका राम्रा काम पनि गरेको छ। यो सरकारले पुराना बेथिति भत्काउँदै केही नवीन कामको प्रयास गरेको छ।

    श्रमिकको ज्याला ३९ प्रतिशत वृद्धि, शून्य लागतमा बैदेशिक रोजगारी, पानीजहाज कार्यालय स्थापना, रेल किन्ने , पहिलो चौमासिकमा १२ गौरवका आयोजनामा ८० प्रतिशत प्रगति, जेष्ठ नागरिक बिमा एक लाख, नेपालको आफ्नै उपग्रह, विदेशवाट फर्किएका युवालाई १० लाख रुपैयाँसम्म सहुलियत ऋण, त्रिभुवन विमानस्थल २१ घन्टा सञ्चालन सरकारले गरेका राम्रा काम हुन्।

    त्यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन, लोडसेडिङ मुक्त देश घोषणा, भारतीय दूतावासको क्याम्प बन्द, राजदूत नियुक्तिमा मापदण्ड, १३७१ वडा र १४६० विद्यालयमा निःशुल्क इन्टरनेट,ओली सरकारका उपलव्धी हन्।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस