एन्ड्रोइडका सिक्रेट २५ कोड, जसबाट देखिन्छ फाेनमा लुकेका फिचर - सिधा मिडिया


एन्ड्रोइडका सिक्रेट २५ कोड, जसबाट देखिन्छ फाेनमा लुकेका फिचर

सिधा मिडिया संवाददाता
    २९ पुष २०७७, बुधबार २०:३६  मा प्रकाशित
133 जनाले पढ़िसके

प्रतिक्रिया



    काठमाडौं । तपाईंले प्रयोग गर्ने एन्ड्रोइड स्मार्टफोनमा लुकेर बसेका विभिन्न फिचरबारे जानकारी लिनका लागि सिक्रेट कोड महत्वपूर्ण हुन्छन् । जसमार्फत तपाईंले आफ्नो मोबाइलको अवस्थाको समेत जानकारी राख्न सक्नुहुन्छ ।

    कतिपय अवस्थामा त तपाईंले मोबाइलमा भोग्ने समस्या समाधानमा समेत यस्ता कोड सहयोगी माध्यम बन्न सक्छन् । त्यसैले आज हामी तपाईंलाई आफ्नो एन्ड्रोइड मोबाइलमा लुकेर बसेका विभिन्न फिचर पत्ता लगाउन आवश्यक कोडहरुको बारेमा बताउँदै छौं ।

    यहाँ उपलब्ध कोड सामसङ, मोटोरोला, एसटीसी, सोनी, एलजी, सोओमी, ओप्पो, भिभो, पानासोनिक, ह्वावे, लाभा, माइक्रोम्याक्सका साथै अन्य थुप्रै चिनियाँ स्मार्टफोन ब्राण्डमा प्रयोग गर्न सकिन्छ । तर, सबै फाेनमा सबै कोडले काम नगर्न पनि सक्छ ।

    नोट : यी उल्लेखित कोड प्रयोग गर्दा आउन सक्ने समस्या प्रति भने ध्यान दिन जरुरी छ । त्यसैले यदि तपाईं नयाँ हुनुहन्छ भने कुनै जानकार व्यक्तिसँग बुझेर मात्र यी कोड प्रयोग गर्नु तपाईंका लागि उचित हुनेछ ।

    यस्ता छन् एन्ड्रोइड फोनका सिक्रेट कोड

    *#*#4636#*#* यो कोड फोनका महत्वपूर्ण जानकारी लिनका लागी प्रयोग गर्न सकिन्छ । जस्तै : फोनको जानकारी ब्याट्रीको जानकारी, ब्याट्रीको हिस्ट्री, युजेज स्टाटिसटिक्स र वाईफाईको जानकारी

    *2767*3855# यदि तपाईं आफ्नो एन्ड्रोइड फोनको फ्याक्ट्री रिसेट गर्न चाहनु हुन्छ भने यो कोड प्रयोग गर्न सक्नुहुन्छ । यसो गर्दा तपाईंको मोबाइलको सेटिङ र इन्टरनल मेमोरीमा भएका सम्पूर्ण डेटा डिलिट हुनेछन् ।

    *#*#34971539#*#* क्यामेराको जानकारी लिनका लागि यो कोड प्रयोग हुन्छ । जब तपाईंले यो कोड डायल गर्नुहुन्छ तब त्यहाँ निम्नअनुसारको मेनु देखा पर्नेछ ।
    1.Update camera firmware in image
    2.Update camera firmware in SD card
    3.Get camera firmware version
    4.Get firmware update count

    यसमध्ये पहिलो विकल्प भने प्रयोग नगर्न सुझाव छ । किन भने उक्त अप्सनमा क्लिक गरी सेटिङ गर्दा कहिले कहीँ तपाईंको क्यामेरामै समस्या आउन सक्छ ।

    *#*#7594#*#* ‘कल इन्ड तथा पावर’ बटन परिवर्तन गर्नका लागि यो कोड प्रयोग गर्न सकिन्छ ।

    *#*#273283*255*663282*#*#* यो कोडले फोनको कपी स्क्रिन अन गर्नेछ । जहाँबाट तपाईंले आफ्नो फोनमा भएका फाइलहरुलाई ब्याकअप गरी राख्न सक्नुहुनेछ ।

    *#*#197328640#*#* यो कोड फोनको सर्भिस मोड अन गर्न प्रयोग गरिन्छ । जहाँबाट तपाईंले विभिन्न कुरा परीक्षण गर्नुका साथै विभिन्न सेटिङ परिवर्तन गर्न सक्नुहुनेछ ।

    *#*#7780#*#* यदि तपाईं आफ्नो एन्ड्रोइड फोनको फ्याक्ट्री रिसेट गर्न चाहनु हुन्छ भने यो कोड प्रयोग गर्न सक्नुहुनेछ । यो कोडले गुगल अकाउण्ट सेटिङ, सिस्टम र एप्लिकेसन डेटा तथा सेटिङ र डाउनलोड गरिएका एप्लिकेसन पूर्ण रुपमा मेटाइदिनेछ ।

    डब्लूल्यान, जीपीएस र ब्लुटुथका लागि सिकरेट कोड

    डब्लूल्यान, जीपीएस र ब्लुटुथका लागि सिकरेट कोड

    *#*#232339#*#*
    अथवा
    *#*#526#*#*
    अथाव
    *#*#528#*#* डब्लुल्यान परीक्षणका लागि

    *#*#232338#*#* वाईफाईको म्याक एड्रेस हेर्नका लागि
    *#*#1472365#*#*
    अथवा
    *#*#1575#*#* जीपीएस परीक्षणका लागि
    *#*#232331#*#* ब्लुटुथ परीक्षणका लागि
    *#*#232337#*# ब्लुटुथ डिभाइसको एड्रेस हेर्नका लागि
    *#*#8255#*#* जिटक सर्भिस मनिटर एक्टिभ गर्नका लागि

    एन्ड्रोइडका अन्य विभिन्न फिचर परीक्षणका लागि

    एन्ड्रोइडका अन्य विभिन्न फिचर परीक्षणका लागि

    *#*#0*#*#* एलसीडी परीक्षण गर्न
    *#*#0673#*#*
    अथवा

    *#*#0289#*#* एमोलेड परीक्षण गर्न
    *#*#0283#*#* पकेट लुप ब्याक
    *#*#0842#*#* भाइब्रेसन र पछाडिको लाइट परीक्षण गर्न
    *#*#2663#*#* टच स्क्रिनको भसर्नका लागि
    *#*#2664#*#* टच स्क्रिन परीक्षणका लागि
    *#*#0588#*#* सेन्सरको प्रोक्सिमिटी परीक्षणका लागि
    *#*#3264#*#* र्‍यामको भसर्न हर्नका लागि

    नोट : यी उल्लेखित कोड प्रयोग गर्दा आउन सक्ने समस्या प्रति भने ध्यान दिन जरुरी छ । त्यसैले यदि तपाईं नयाँ हुनुहन्छ भने कुनै जानकार व्यक्तिसँग बुझेर मात्र यी कोड प्रयोग गर्नु तपाईंका लागि उचित हुनेछ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस