स्याङ्जा, । स्याङ्जामा नेपाली कांग्रेस परित्यागगरी २१ जना नेकपा ओलि समुहमा प्रवेश गरेका छन ।
बुधबार नेकपा अर्जुनचौपारी गाउँपालिका कमिटी र भीरकोट नगर कमिटीले आयोजना गरेको बृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको अवस्वरमा उनीहरु नेकपा ओलि समुहमा प्रवेश गरेका हुन ।
भीरकोटमा १५ जना युवाहरु तरुण दल परित्याग गरी नेकपामा प्रवेश गरेका थिए भने, अर्जुनचौपारीमा नेपाली काँग्रेस परित्याग गरी ६ जना नेकपामा प्रवेश गरेका थिए । नव प्रवेसीहरुलाइ कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले स्वागत गरेकी थिइन ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया