काठमाडौंबाट पर्वत जादै गरेका देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण - सिधा मिडिया



काठमाडौंबाट पर्वत जादै गरेका देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण

सिधा मिडिया संवाददाता
    १ माघ २०७७, बिहीबार १४:३२  मा प्रकाशित
151 जनाले पढ़िसके

प्रतिक्रिया




    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टरलाई गोरखामा आ’कस्मिक अवतरण गरिएको छ । गाेरखाको पालुङटार नगरपालिका -२ स्थित रीप गाउँमा हेलिकप्टरलाई फो’र्स ल्यान्ड गरिएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए ।कांग्रेसको कार्यक्रममा भाग लिन देउवा काठमाडौंबाट पर्वत जाने क्रममा थिए । देउवासंगै कांग्रेस नेताहरु गोपालमान श्रेष्ठ र अर्जुन जोशी पनि हेलिकप्टरमा सहभागि थिए ।गोरखा प्रहरीले ख’राब मौसमका कारण हेलिकप्टरलाई आकस्मिक अवतरण गरिएको जनाएको छ ।

    तत्कालिन मा’ओवादीबाट मा’रिएका कांग्रेस पर्वतका नेता हरिदत्त तिवारीको स्मृति दिवसमा भाग लिन देउवा पर्वत जाँदै थिए ।गोरखाका एसपी सुरेन्द्र गुरुङका अनुसार मौसमको कारणले केहीबेर गोरखामा अवतरण गरिए पनि अहिले देउवा सवार उक्त हेलिकप्टर पर्वतका लागि उडिसकेको छ ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस