विप्लव समूहले सार्वजनिक गर्‍यो नेपाल बन्द सहितका कार्यक्रम - सिधा मिडिया





विप्लव समूहले सार्वजनिक गर्‍यो नेपाल बन्द सहितका कार्यक्रम

    २ माघ २०७७, शुक्रबार १३:५७  मा प्रकाशित
428 जनाले पढ़िसके








पार्टी नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ पक्राउ परेको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

बिहीबार विप्लवले विज्ञप्ति सार्वजनिक गर्दै नेपाल बन्दसहितका संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

पुस २९ गते पार्टीको केन्द्रीय समिति सचिवालयका सदस्यसमेत रहेका नेता कञ्चन पक्राउ परेको विरोधमा विप्लव समूहले माघ ३ गतेदेखि १० गतेसम्म संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

विप्लवका अनुसार माघ ३ गते देशव्यापी विरोध जुलुस, माघ ५ गते देशव्यापी विरोध सभा माघ ७ गते देशव्यापी विरोध प्रदर्शन, माघ ९ गते देशव्यापी मशाल जुलुस र माघ १० गते नेपाल बन्दसहितका कार्यक्रम सार्वजनिक भएका हुन् ।

विप्लव समूहले नेता कञ्चनसँगै पार्टीका नेताहरु विवेक र विशालाई नियन्त्रणमा लिएको विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको बताएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस