सिङ्गो गाउँ नै शो’कमा डु’ब्यो, कन्याम घुमेर फर्किदै गर्दा मोटरसाइकल दु’र्घटनामा दुईको मृ’त्यु

    २ माघ २०७७, शुक्रबार १४:२५  मा प्रकाशित
201 जनाले पढ़िसके








भद्रपुर, (झापा) : इलामको कन्याम घुमेर फर्किने क्रममा मोटरसाइकल दु’र्घटना परी झापामा दुई जनाको मृ’त्यु भएको छ। मृ’त्यु हुनेमा अर्जुनधारा नगरपालिका ७ स्थित मिलडाँडा निवासी २१ वर्षीय कविराज भनिने कमल चौधरी र सोही ठाउँका २० वर्षीया हेमा महत रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

प्रहरीका अनुसार मेची राजमार्गमा अन्तरगत बु’द्धशान्ति गाउँपालिका-४ स्थित बर्ने चिया ब’गान क्षेत्रमा बिहीबार साँझ टाटा सुमोसँग मोटरसाइकल ठो’क्किँदा दु’र्घटना भएको थियो।



इलामबाट झापा झर्दै गरेको मे ७ प ९४६२ नम्बरको मोटरसाइकललाई मे १ ज २०९३ नम्बरको सुमोले ठ’क्कर दिएको थियो। दु’र्घटना परी मोटरसाइकलमा चालक चौधरी र पछाडि सवार महत ग’म्भीर घा’इते भएपछि दुवै जनालाई उपचारका लागि बिएण्डी अस्पताल बिर्तामोड लगिएको थियो। अस्पतालका चिकित्सकले चालक चौधरीलाई पु’र्याउन साथ मृ’त घो’षणा गरिदिएका थिए भने महतको उपचारको क्रममा शुक्रवार बिहान मृ’त्यु भएको हो।

माघे सङ्क्रान्तिको अवसरमा उनीहरू बिहीबार साथीभाइसँग इलामका कन्याम घु’मेर फर्किने क्रममा दु’र्घटनामा परेका थिए। यता दुवै जनाको मृ’त्युले अहिले सिङ्गो गाउँ नै शो’कमग्न बनेको छ। थाहा खबर

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस