हालसम्मकै ठूलो आईपीओमा एकैदिन करिब ४ अर्बको आवेदन - सिधा मिडिया

हालसम्मकै ठूलो आईपीओमा एकैदिन करिब ४ अर्बको आवेदन

    २ माघ २०७७, शुक्रबार १९:३३  मा प्रकाशित
881 जनाले पढ़िसके




२ माघ, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर (आईपीओ) मा पहिलो दिन करिब ४ अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ । नेपाली सेयर बजारको इतिहासमा नै सबैभन्दा ठूलो आईपीओको रुपमा यस बैंकले शुक्रबारदेखि ८ अर्बको आईपीओ निष्काशन शुरु गरेको छ ।

बैंकको सेयर निष्काशन तथा बिक्री प्रवन्धकको जिम्मा पाएको एनआईबीएल एस क्यापिटलका अनुसार शुक्रबार अपरान्हसम्म करिब ४ अर्ब रकम बराबरको आवेदन प्राप्त भइसकेको छ । शुक्रबार अबेरसम्म ३ करोड ८७ लाख ६४ हजार ३८० कित्ताका लागि ३ अर्ब ८७ करोड ६४ लाख ३८ हजार रुपैयाँको आवेदन प्राप्त भएको क्यापिटलले जनाएको छ ।

बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर प्रारम्भिक निष्कासनको बिक्री शुक्रबारबाट थालेको हो । ८ करोडमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका लागि जानेछ ।

बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता साधारण शेयर भने सर्वसाधारणले खरिद गर्न सक्ने भएका छन् । यस बैंकको सेयर निष्कासन तथा बिक्री प्रवन्धको जिम्मा एनआईबीएल एस क्यापिटल्सले पाएको छ ।

सर्वसाधारणले १० देखि २ करोड कित्तासम्म आवदेन गर्न सक्ने भएका छन् । आवेदन दिन मिल्ने समय छिटोमा ६ माघ तोकिएको छ । उक्त अवधिसम्म तोकिए बराबर आवेदन नपरेमा भने पुनः समय थप हुन्छ ।

ठूलो परिमाणामा भएका कारण यो बैंकको साधारण सेयर आइपीओ भर्ने सबैले प्राप्त गर्नेछन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस