२५ वर्ष कान्छिसँग लगनगाँठो कस्दै प्रदेश १ का मुख्यमन्त्री राई (हेर्नुहोस् भिडियोसहित) - सिधा मिडिया



२५ वर्ष कान्छिसँग लगनगाँठो कस्दै प्रदेश १ का मुख्यमन्त्री राई (हेर्नुहोस् भिडियोसहित)

    ३ माघ २०७७, शनिबार १७:१९  मा प्रकाशित
538 जनाले पढ़िसके

प्रतिक्रिया


    ४९ वर्षका मुख्यमन्त्री शेरधन राईले र मिस मंगोल २०१८ की विजेता २४ बर्ष पुगेकी जाङ्मु इन शेर्पासंग विवाह गर्दैछन् ।

    प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यही ११ माघमा लगनगाँठो कस्दैछन् । मुख्यमन्त्री राईको विवाहबारे उनको सचिवालयले पुष्टि गरेको छ । तर, उनी कोसँग लगनगाँठो कस्दैछन् भन्ने खुलाइएको छैन ।

    मुख्यमन्त्री राईको हुनेवाली को हुन् त ? विवाहको प्रसंग आएपछि धेरैलाई कौतुहलता लागेको हुन सक्छ । मुख्यमन्त्री राईको विवाहको मिति पक्का भइसक्दा समेत युवतीको नाम गोप्य नै राखिएको छ ।

    स्रोतका अनुसार मुख्यमन्त्री राई सन् २०१८ की ‘मिस मंगोल नेपाल’ जाङ्मु इन शेर्पासँग लगनगाँठो कस्न लागेका हुन् । जाङ्मु इन शेर्पा र मुख्यमन्त्री राईको प्रेम विवाह हो ।

    मुख्यमन्त्री राई र जाङ्मु को उमेरअन्तर निकै फरक छ । प्रेममा उमेर र वर्गले छेक्दैन भन्ने भनाइलाई मुख्यमन्त्री राई र जाङ्मुले चरितार्थ गरेका छन् । स्रोतका अनुसार उनीहरु करिब एक वर्षयता प्रेममा थिए ।

    विदेशमा राजनीतिज्ञ तथा सरकारी उच्च अधिकारीहरुले मोडल तथा सेलिब्रेटीहरुसँग विवाह गरेको थुप्रै उदाहरणहरु छन् । अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पकी दोस्रो पत्नी मेलानिया पनि एक चर्चित मोडल हुन् ।

    अमेरिका र युरोपमा यस्ता थुप्रै उदाहरण छन् । तर, नेपालमा भने पहिलोपटक बहालवाला मुख्यमन्त्रीले मोडलसँग विवाह गर्न लागेका हुन् । यो नेपाली राजनीतिक बृत्तका लागि सम्भवत पहिलो र नौलो हुनसक्छ ।

    मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन् । उनी हाल काठमाडौंमा बस्दै आएकी छन् । उनका बाबु–आमा भने अमेरिकामा छन् ।

    मुख्यमन्त्री राई र मोडल जाङ्मुको उमेरमा भने लगभग २५ वर्षको उमेको अन्तर छ । विभिन्न देशमा नेताहरुले सेलिब्रिटीसँग विहे गर्ने चलन रहे पनि नेपालमा कमै नेताको यस्तो विहे हुने गरेको छ ।

    ‘मिस मंगोल नेपाल–२०१८’ को उपाधि जितेसँगै जाङ्मु चर्चामा आएकी हुन् । त्यो बेलादेखि नै मुख्यमन्त्री राई र जाङ्मु नजिकिएको स्रोतको भनाइ छ ।

    २६ वर्षको उमेरमै २०६५ सालमा भोजपुरबाट सांसद बनेका राई त्यसयता लगातार राजनीतिमा उदाएकाले उनको विहे भने हुन सकेको थिएन । उनी २२ वर्षको बीचमा तत्कालिन एमालेको जिल्ला सचिव,अध्यक्ष, केन्द्रीय सदस्य हुँदै पोलिट्व्यूरो सदस्य र संघीय सरकारको मन्त्री तथा मुख्यमन्त्री भएका हुन् ।

    मुख्यमन्त्री राईले काठमाडौं र प्रदेश १ को राजधानी विराटनगरमा शुभचिन्तक, राजनीतिकर्मी, उद्योगी र कर्मचारीलगायतलाई भोज दिने तयारी गरेको बताइएको छ ।

    केही समयअगाडी प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई आफ्नो पति भन्दै हिँडिरहेकी बालिका खड्कालाई प्रहरीले नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडाबाट नियन्त्रणमा लिएको थियो ।

    तीनै महिलाले आफू “शेरधन राईकी श्रीमती हुँ” भन्दै अंश माग गरी मुद्दा समेत दायर गरेकी थिइन् ।

    सन् २०१७ को डिसेम्बर १५ मा पत्रकार नरेन्द्र रौलेसँग फन्टलाइन नेपालमा एक अन्तरवार्ता दिँदै उनले अन्तरजातिय विवाह गर्ने कुरा समयले निर्धारण गर्ने बताएकी थिइन् ।

    हेर्नुहोस् उक्त भिडियो

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस