कोरियन भाषा परीक्षा प्रभावित, ७ हजार जनाको रोजगारी अनिश्चित - सिधा मिडिया



कोरियन भाषा परीक्षा प्रभावित, ७ हजार जनाको रोजगारी अनिश्चित

सिधा मिडिया संवाददाता
    ४ माघ २०७७, आईतवार १०:३७  मा प्रकाशित
256 जनाले पढ़िसके

प्रतिक्रिया




    कोेरोना भाइरसका कारण सन् २०२१ का लागि रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिने कोरियन भाषा परीक्षासमेत प्रभावित भएको छ ।

    कोरोना भाइरसका कारण विगतका वर्षमा भाषा परिक्षाका लागि चैतमा खुलाइन आवेदनसमेत रोकिएको छ । कोरियाको मानव संशाधन केन्द्र (एचआरडी)ले भाषा परिक्षाका लागि चैत महिनामा आवेदन खुलाउने गरेको थियो ।

    यो वर्ष भने कोरोना भाइरस नियन्त्रणका कारण लकडाउन भएसँगै आवेदन नै खुलाइएको छैन । २०२१ मा परीक्षाका लागि आवेदन लिने कार्यतालिका कोरिया सरकारले हालसम्म नपठाएको ईपीएस शाखाले जानकारी दिएको छ ।

    लकडाउनका कारण भाषा परीक्षाको आवेदन नै प्रभावित भएको ईपीएस कोरिया शाखाले जानकारी दिएको छ । कोरियन भाषा अध्ययन गरिरहेका परीक्षार्थी मात्रै समेत लकडाउनका कारण अलमलिएको छन् ।

    कोरियाको एचआडीले प्रत्येक वर्ष चैतमा नै आवेदन लिने गरिएकोमा यो वर्ष लकडाउनका कारण प्रक्रिया अघि बढ्न नकसकेको शाखाका प्रमुख कृष्ण खनालले बताए । नेपालले पनि आफ्नो तर्फबाट आवेदन र परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी गरिसकेको ईपीएस उनको भनाई छ ।

    ‘सुरुदेखि नै कोरियन भाषा परीक्षा जेठको अन्तिम सातामा हुँदै आएको थियो । यो वर्ष कोरोना रोकथामका लागि गरिएको लकडाउनका कारण परीक्षा कहिले सञ्चालन गर्ने भन्ने निश्चित छैन’ उनले भने, ‘कोरोना भाइरसका कारण कोरिया सरकारले पनि आवश्यक तयारीका लागि पत्राचार गरेको छैन । कोरियाको सम्बन्धीत निकायले हालसम्म्म आवेदन र परीक्षाका लागि अहिलेसम्म कार्यतालिका पठाएको छैन । जसका कारण परिक्षा कहिले गर्ने भन्ने अनिश्चित छ ।’

    कोरियाको मानव संशाधन केन्द्र (एचआरडी) सन् २०२० का लागि लिइएको कोरियन भाषा परीक्षामा ९२ हजार ३ सय ५६ जना सामेल भएका थिए, जसमा १२ हजार १० जनाले भाषा परीक्षा पास गरेका थिए ।

    भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये ६ हजार ७ सय ७३ जनाले मात्र सीप परीक्षा उत्तीर्ण भएका थिए । त्यसमा उत्पादन क्षेत्रमा ४ हजार ७ सय जना र कृषि तथा पशुपालनतर्फ २ हजार जना छनोट भएका थिए ।

    कोरियन भाषा परीक्षामा सामेल हुने परीक्षार्थीको अनिवार्य बायोमेट्रिक (औँठा छाप) समेत यो वर्षदेखि सुरु हुँदै थियो । कोरियन भाषाका लागि आवेदन दिएसँगै परीक्षार्थीको बायोमेट्रिक (औँठा छाप) गरिने शाखाले जानकारी दिएको छ । सन् २०२१ देखि कोरियन भाषा परिक्षा कम्प्युटर प्रणालीबाट हुने भनिएको छ । तर, कोरोना भाइरसका कारण कम्प्युटर प्रणालीबाट परिक्षा गर्ने तयारीसमेत नसकिएको शाखाले जनाएको छ ।

    सात हजारको रोजगारी अनिश्चित

    सन् २०२० मा विगतका वर्षमा कोरिया भाषा परीक्षा उत्तिर्ण गरेका ७ हजारभन्दा बढी कामदार लैजाने गरी कोटा (सिलिङ) पठाइसकेको शाखाले जानकारी दिएको छ ।

    कोरियामा रोजगारीमा कार्यरत करिब २ सय कामदार घर विदामा आएका थिए । कोरोना भाइरसका कारण लकडाउन भएसँग उनीहरु फर्किन पाएका छैन ।

    सरकारले कोरोना भाइरस नियन्त्रणका लागि चैतको ११ गतेबाट नेपालमा लकडाउन भएपछि अन्तर्राष्ट्रिय उडान बन्द भयो । त्यसपछि पनि कोही कामदार कोरिया जान पाएका छैनन् । कोरियाले भिसा दिएको तीन महिनाभित्रै कोरिया पुग्नुपर्ने नियम हुन्छ ।

    कोरिया रोजगारीमा जानका लागि सम्पूर्ण प्रक्रिया पुगेका धेरै कामदार अवधि कटिसकेको छ । कोरोनाका कारण जान नपाएका कामदारको भिसा अवधिलाई मान्य दिने नेपालले कोरियाको सम्वन्धित निकायलाई आग्रह गरिरहेको शाखा प्रमुख खनालले जानकारी दिए ।

    गत माघसम्म कोरोनाको महामारी अघिसम्म २०१८ र १९ का लागि पास भएकाहरु गइरहेको शाखाको भनाइ छ । २०२० को लागि भाषा परीक्षा पास गरेकाहरुले अहिले ‘लेबर कन्ट्रयाक्ट आइरहे पनि उनीहरुलाई पठाउन सक्ने अवस्था नभएको शाखाले जनाएको छ । सन् २०२० का लागि कोरिया भाषा परीक्षा पास भएका १२ हजार १० जना कामदार अझै जाने क्रम सुरु भएको छैन ।

    कोरियाको मानव संशाधन केन्द्र (एचआरसन् २०२० का लागि लिइएको कोरियन भाषा परीक्षामा ९२ हजार ३ सय ५६ जना सामेल भएका थिए, जसमा १२ हजार १० जनाले भाषा परीक्षा पास गरेका थिए । भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये ६ हजार ७ सय ७३ जनाले मात्र सीप परीक्षा उत्तीर्ण भएका थिए ।

    कृषि क्षेत्रको कोटा कटौती

    सरकारले रोजगारीका दक्षिण कोरिया कृषि क्षेत्रमा जाने कामदारको कोटा आगामी वर्षका कटौती गरेको छ । कोरिया सरकारले सन् २०२१ का लागि ५ हजार ७ सय जनाको कोटा नेपालका लागि छुट्याएको शाखाले जानकारी दिएको छ ।

    एचआरडी कोरियाका प्रतिनिधि र वैदेशिक रोजगार विभागबीच सन् २०१७ देखि कृषि क्षेत्रमा पास भएका परीक्षार्थी लैजान आगामी वर्षको कोटा कटौती गरेको शाखाले जनाएको छ । त्यसका लागि भाषा परीक्षा उत्तीर्ण गरेका ६ हजार ७ सय मात्र छनोट भएको शाखाले जनाएको छ ।

    सन् २०२१ मा नेपालीहरूले कृषि क्षेत्रका लागि परीक्षा दिन नपाउने शाखाका प्रमुख खनालले बताए । तर, २ वर्षअघि कृषि क्षेत्रमा परीक्षा उत्तीर्ण गरेर रोस्टरमा रहेका श्रमिकहरू भने जान पाउने उनको भनाइ छ ।

    कृषिका लागि कोरियन भाषा पास गरेका करिब ५ हजार श्रमिक जान बाँकी रहेको र आगामी वर्ष ती कामदार पठाउने लक्ष्य रहेको प्रमुख खनालले जानकारी दिए ।

    ईपीएस शाखाका अनुसार सन् २०२० का लागि कृषि क्षेत्रमा जान चाहने परीक्षार्थीले ९० अंकको भाषा परीक्षा दिएका थिए । परीक्षामा पास हुनेले १ सय १० अंकको सीप परीक्षणको परीक्षामा अनिवार्य पास हुनुपर्नेछ ।

    सीप परीक्षणमा पास भएका परीक्षार्थी मात्र रोजगारका लागि कोरिया जाने निश्चित हुने ईपीएस शाखाले जनाएको छ । यस्तै, उत्पादनमूलक क्षेत्रमा जानका लागि परीक्षार्थीले १ सय अंकको भाषा परीक्षा दिएका थिए ।

    ईपीएस भाषा परीक्षामार्फत ६३ हजार बढी नेपाली रोजगारीका लागि कोरिया पुगेका छन् । हाल करिब ४२ हजार नेपाली कोरियामा कार्यरत रहेको शाखाको तथ्याङ्कमा छ । दक्षिण कोरियाले सन् २००८ बाट ईपीएस भाषा परीक्षा लिएर नेपाली श्रमिक लैजान थालेको थियो ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस