स्याङ्जाको चापाकोटमा नेपाली कांग्रेसको विरोध कार्यक्रम यस्तो सम्म देखियो (फोटो फिचर) - सिधा मिडिया



स्याङ्जाको चापाकोटमा नेपाली कांग्रेसको विरोध कार्यक्रम यस्तो सम्म देखियो (फोटो फिचर)

सामाजिक संञ्जालमा देखिएका फोटोहरूः
प्रदिप पंगेनी
    ४ माघ २०७७, आईतवार १२:२०  मा प्रकाशित
307 जनाले पढ़िसके

प्रतिक्रिया




    स्याङ्जाः प्रतिनिधिसभा विघटनको विरोधमा शनिवार स्याङ्जाको चापाकोट नगरपालिकामा पनि सडक विरोध सभा भएको छ । ओली सरकारको अलोकतान्त्रिक गैरसंवैधानिक संसद विघटनका विरुद्ध नेपाली कांग्रेस द्वारा देश भरिका सबै पालिकाहरुमा  विरोध कार्यक्रम गरेको थियो ।

    स्याङ्जा जिल्लाको चापाकोट नगरपालिकामा नेपाली कांग्रेस चापाकोट नगरपालिकाद्वारा भएको विरोध सभालाई सम्बोधन गर्न नेपाली कांग्रेस स्याङ्जाका युवा नेता तथा प्रदेश सांसद भागबत प्रकाश मल्ल आएका थिए । विरोध कार्यक्रमा केपी ओली बिरुद्ध बिभिन्न नारा बाजि सहित ओली सरकारको पुत्ला समेत जलाईएको थियो ।

    नेपाली कांग्रेस चापाकोट नगरपालिकाद्वारा आयोजित विरोध सभा कार्यक्रमा नेकपा परित्याग गरि चापाकोट नगरपालिका वडा नम्बर १ बाट ४३ जना नेपाली काँग्रेसमा प्रबेश गरेको “सिधा मिडिया” लाई नेपाली काँग्रेसका एक नेताले बताएका छन् ।

    हेर्नुहोस् यस्तो देखियो नेपाली कांग्रेस स्याङ्जा चापाकोट नगरपालिकाद्वारा आयोजित बिरोध कार्यक्रम (फोटो फिचर)

    सामाजिक संञ्जालमा देखिएका फोटोहरूः

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस