स्याङ्जाको चापाकोटमा "दुम्सि आतंक" सामुहिक लगाएको आलु जाेगाउनै समस्या - सिधा मिडिया

स्याङ्जाको चापाकोटमा “दुम्सि आतंक” सामुहिक लगाएको आलु जाेगाउनै समस्या

‘भित्र्याउने तयारीमा रहेको आलुवालीमा दुम्सि
    ६ माघ २०७७, मंगलवार १२:५०  मा प्रकाशित
1425 जनाले पढ़िसके




स्याङ्जाः स्याङ्जाको चापाकोट १० मा आलु लगाएका किसानलाई दुम्सि धपाउने कामले दिन बित्न थालेको छ । दुम्सिले आलु खान थाले पछी  किसान चिन्तीत बनेका छन ।

चापाकोट नगरपालिका १० को योगिकुटी बाट नजिकै रहेको तल्लो खन्नामा दुम्सि आतंकले जनता बिहान देखी साझ सम्म नै खेतमै दिन कटाउन परेको बताउछन । एक आलु किसानका अनुसार जंगली जनावरको आतंक कारण महिलाहरुले लगाउने साडीहरुको प्रयोग गरेर बार बारेर बस्नुपरेको दैनिकजसो रातको समयमा आउने दुम्सि, ले रातिको समयमा आलु बालीमा पसेर नोक्सान गर्न थालेपछी स्थानीय चिन्तीत हुदै खेतमै दिन कटाउन पर्ने दिन आएकोमा गुनासो गरेका छन् ।

यस्तै सोहि ठाँउमा त्यहिका युवाहरुले लगाएको आलुमा  दुम्सिले आलु खाने, आलुको बोट उखेलेर नोक्सान् गर्ने सास्ती दिएकोमा  चिन्तीत बनेकाछन । सामुहिक दुख गरेर केहि हुन्छकी भनेर आलु खेती ग¥यो कहिले रोगले  सताउछ कि भन्ने डर तर अहिले जंगली जनावरले हैरानी गरे पछी समुहका सबै किसान एक जुट भएर खेतमा निगरानी बडाउन तर्फ लागिपरेका छन् ।

कतावाट कुन समयमा आउँछ थाहै हुन्न’ किसानले दुखेसो गरे ‘भित्र्याउने तयारीमा रहेको आलुवालीमा दुम्सि लगाएतका जंगलीजनावरले सखाप पार्न थालेपछि कसरी बचाउने, दुम्सिले दुख दिन थाले पछि अन्यकाम नै छोडेर खेत बारीमा धाउन परेको चापाकोट नगरपालिका १० का समुहहरु बताउछन।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस