स्याङ्जा । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज वडास्तरमा प्रदर्शन गरेको छ । देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा आज विरोध प्रदर्शन आयोजना गरिएकोमा स्याङ्जाको चापाकोट नगरपालिका का सबै वडामा नारा बाजि र ओलीको पुत्ला दहन सहित व्यापक प्रदर्शन भएको छ ।
संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।
आज स्याङ्जाको चापाकोटमा वडा स्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाएकोमा नेपाली कांग्रेस चापाकोट नगर सभापति रामचन्द्र पंगेनीले पार्टीका सबै कार्यकर्ता र लोकतन्त्रवादीहरुलाई धन्यवाद दिनुभएको छ । चापाकोट वडा नं १० नेपाली कांग्रेसले संसद विघटनलाई संविधानमा भएको ब्यवस्था प्रतिकुल र जनभावना विपरीतको कार्य भनेको छ ।
चापाकोट वडा नं १० मा विरोध सभालाई सम्बोधन गर्दै चापाकोट नगर सभापति रामचन्द्र पंगेनीले केपी ओली सरकारले जनता माथि गरेको कुथाराघात प्रति खेद प्रकट गर्नुभएको छ । जनताको पसिना बाट उठाएर लगेको करमा मोज मस्ति गरेको आरोप लगाउनु भएको छ । केपी सरकार संबिधानको बिरुद्दमा लागेको हुदा संबिधान बचाउनको लागी आफुहरुले बिरोध प्रदर्शन गरेको जिकिर गर्नुभयो ।
नेपाली काङ्गेस नभई कुनै पाटीले संकट टार्न नसक्ने बताउनु भयो । आगामी चुनाब हुने र नेपाली काङ्गेसले सबै भन्दा बढी बहुमत ल्याएर जित्ने ठोकुवा सहित नेपाली कांग्रेस अब चुनाबको तयारीमा लागेको पंगेनीले बताउनु भयो ।
यस्तै चापाकोट नेपाली कांग्रेस नगर कार्यपालिका सदस्य सुर्य माझिले चापाकोट वडा नं १० मा गरीएको बिरोध सभामा भने जनताहरुले अब नेकपा पाटीलाई बिश्वास गर्न छाडिसकेको र देश अब कांग्रेसमय बनेको बताए ।
चापाकोट वडा नं १० का नेपाली कांग्रेस वडा कार्यसमितीका सभापति भुवन भण्डारीले विरोध सभा समाप्न गर्दै भने केपी ओलीको सरकारले असंवैधानिक र अलोकतान्त्रिक ” कु ” गरेको बिरोधमा स्थानियतह बाटै नेपाली कांग्रेस चापाकोट वडा नं १० ले पनि बिरोध र्याली आयोजना गरेको बताए । ओलीले गरेको असंवैधानिक र अलोकतान्त्रिक कदम बिरुदको आन्दोलनमा सभागी हुने सबैलाई धन्यवाद दिए । ओली सरकारले कानुनलाई मिचेर गरेको क्रियाकलाप बिरुद्ध आफुहरु रहेको बताए ।
संसद विघटनको विरोधमा स्याङ्जाको चापाकोट वडा नं १० मा भएको व्यापक प्रदर्शनका २२ तस्विरमा हेर्नुहोस्ः
१
२
३
४
५
६
७
९
१०
११
१२
१३
१५
१६
१७
१८
१९
२०
२१
२२
।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया