सामुदायिक कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा भव्य रुपमा सम्पन्न ! - सिधा मिडिया



सामुदायिक कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा भव्य रुपमा सम्पन्न !

आर्थिक वर्षमा सहकारीको  नाफा रकम ९ लाख ३३ हजार ९ सय ८८
    १० माघ २०७७, शनिबार १८:११  मा प्रकाशित
303 जनाले पढ़िसके

प्रतिक्रिया




    स्याङ्जाः शनिवार स्याङ्जाको चापाकोट नगरपालिका १० बोटेटारमा कार्यालय रहेको सामुदायिक कृषि सहकारी संस्था लि, ले आफ्नो ११ औ वार्षिक साधारण सभा सफलताको साथमा भव्य रुपमा सम्पन्न गरेको छ ।

    चापाकोट नगरपालिका वडा नं १० मा रहेको आफ्नै कार्यालय परिसरमा गरिएको कार्यक्रमा सामुदायिक कृषि सहकारी संस्था लि, का अध्यक्ष “कृष्ण देब पंगेनी” को अध्यक्षता तथा चापाकोट वडा नं १० का वडाअध्यक्ष रामु कोइराला को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

    कृषि सहकारी संस्था का व्यवस्थापक केशवराज पंगेनी द्धारा आर्थिक वर्ष २०७६।०७७ को लेखा प्रतिवेदन पेश गरेर सुनाउनु भएको थियो । सहकारी संस्था का व्यवस्थापक पंगेनीको अनुसार जम्मा शेयर सदस्य महिला पुरुष संख्याः ४९८ जना रहेका छन् । कृषि सहकारी संस्थाको जम्मा सम्पति ( २,०४,३०,६९२ ) २ करोड ४३ लाख ६ सय बयानब्बे रहेको छ ।  यस्तै, यस  आर्थिक वर्षमा सहकारीको  नाफा रकम ( ९,३३,९८८ ) ९ लाख ३३ हजार ९ सय ८८ रहेको जानकारी “सिधा मिडिया” लाई दिनुभयो ।

    प्रमुख अतिथि द्धारा सहकारी को उत्तर उत्तर प्रगतिको सुभकामना दिनु हुदै भविष्यमा निरन्तर सामुदायिक कृषि सहकारी संस्था लाई साथ र सहयोग गर्ने प्रतिवदता समेत ब्यक्त गरेका थिए ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस