परिवारकाे डिम्याट खातामा भएकाे शेयर आफ्नाेमा कसरी ट्रान्सफर गर्ने ? - सिधा मिडिया



परिवारकाे डिम्याट खातामा भएकाे शेयर आफ्नाेमा कसरी ट्रान्सफर गर्ने ?

    १५ माघ २०७७, बिहीबार ०९:३८  मा प्रकाशित
2733 जनाले पढ़िसके

प्रतिक्रिया


    नेपालमा शेयर बजारमा लगानीकर्ताहरूकाे आकर्षण बढ्दाे छ । पछिल्लाे समय शेयरमा आवेदन भर्नेहरूकाे संख्या दिनानुदिन बढ्दै गएकाे छ । आफ्ना परिवारका सदस्यहरूकाे नाममा डिम्याट खाता खाेल्ने र सबैकाे नाममा शेयर आवेदन गर्ने क्रम पनि बढेकाे छ। परिवारकाे नाममा शेयर त आउँछ तर किनबेच गर्नका लागि भने सबैकाे ब्राेकर अकाउन्ट खाेल्न सम्भव हुँदैन ।त्यसैले परिवारकाे नाममा रहेकाे शेयर कसरी एउटै अकाउन्टबाट किनबेच गर्न सकिन्छ भनेर ग्राहकहरू अलमलमा परेकाे देखिन्छ ।

    प्रभुलाइफ इन्सुरेन्सको IPO रिजल्ट दरबार टाईम्समा हेर्नुहोस्

    प्रभुलाइफ इन्सुरेन्सकाे आइपिओ रिजल्ट भर्खरै सार्वजनिक भएकाे छ । हेर्ने गर्ने तरिका * कृपया तल दिएको लिन्कमा जानुहोला * त्यसपछी आफ्नो BOID_NO लेख्नुहोला * Search मा थिच्नुहोला! IPO Result यहाँ हेर्नुहोस्प्रभुलाइफ इन्सुरेन्सको IPO रिजल्ट दरबार टाईम्समा हेर्नुहोस्

    त्यस्तै नेपालमा हाल एक व्यक्तिकाे दुइवटासम्म डिम्याट अकाउन्ट प्रयाेग गर्न सकिन्छ तर काराेबार भने एउटा अकाउन्टबाट मात्र गर्न सकिन्छ । त्यसका लागि दुवै अकाउन्टमा भएका शेयरहरूलाइ एउटामा राखेर काराेबार गर्नुपर्ने हुन्छ ।

    यी दुवै प्रकृतिका शेयर ट्रान्सफर गर्ने तरिकाकाे बारेमा याे लेख तयार पारिएकाे छ ।

    एकै व्यक्तिकाे एउटा डिम्याटबाट अर्काे डिम्याट अकाउन्टमा ट्रान्सफर गर्ने तरिका
    पहिलाे क्यापिटल (जहाँबाट शेयर ट्रान्सफर गर्ने)मा लिएर जानुपर्ने कागजातहरू

    नागरिकता
    क्यापिटलमा गएर BO to BO form मागेर भर्ने अनि भेरिफाइ गर्ने
    ट्रेड आइडि लिने (प्रति कम्पनीकाे रू २५ पर्छ)
    डिम्याट खाता स्वीकृति पत्र (Demat account acknowledgement Letter) लिने र भेरिफाइ गर्ने

    यो पनि: ब्राेकर अकाउन्ट परिवर्तन गर्ने तरिका

    दाेश्राे क्यापिटल (जहाँ शेयर ट्रान्सफर गर्ने)मा लिएर जानुपर्ने कागजातहरू

    नागरिकता
    BO to BO form मागरे भर्ने अनि भेरिफाइ गर्ने
    डिम्याट खाता स्वीकृति पत्र (Demat account acknowledgement Letter) लिने र भेरिफाइ गर्ने

    दुवै क्यापिटलमा फारमहरू भरेर भेरिफाइ भएपछि ती फारमहरू लिएर CDSC मा जाने ।

    दुवै क्यापिटलमा भरेर भेरिफाइ गरेकाे BO to BO form बुझाउने
    डिम्याट अकाउन्ट स्वीकृति पत्र बुझाउने
    प्रति कम्पनी रू १०० का दरले फि बुझाउने र पहिलाे क्यापिटलमा तिरेकाे पैसाकाे बिल पनि पेस गर्ने
    नागरिकता लिएर जाने

    माथी उल्लेखित काम सबै एकैदिनमा गरिसक्नुपर्छ । नत्र पहिलाे क्यापिटलमा लिएकाे ट्रेड आइडिकाे समय सकिन्छ र फेरि आइडि लिनुपर्ने हुन्छ ।

    यो पनि: परिवारकाे मेराे शेयर अकाउन्ट कसरी लिन्क गर्ने? के के गर्न सकिन्छ लिन्क अकाउन्टबाट ?

    परिवारकाे डिम्याट अकाउन्टमा रहेकाे शेयर आफनाे डिम्याट अकाउन्टमा ट्रान्सफर गर्ने तरिका
    जसकाे अकाउन्टबाट शेयर ट्रान्सफर गर्ने हाे उसकाे अनुमति हुनुपर्ने
    दुवैजना आफ्नाे आफ्नाे नागरिकता लिएर क्यापिटलमा जाने

    क्यापिटलमा गएर BO to BO form मागेर भर्ने अनि भेरिफाइ गर्ने
    ट्रेड आइडि लिने (प्रति कम्पनीकाे रू २५ पर्छ)
    डिम्याट खाता स्वीकृति पत्र (Demat account acknowledgement Letter) लिने र भेरिफाइ गर्ने
    दुवैजनाले क्यापिटललाइ निवेदन लख्नुपर्छ। ( लिने र दिने दुइ प्रकृतिकाे )

    तीनपुस्ते नाता खुल्ने कागजात लिएर जानुपर्छ जसले प्रमाणित गर्न सकाेस कि तपाइँ पारिवारिक शेयर एकत्रित गर्दै हुनुहुन्छ ।
    दुइजनाबीचकाे नाता प्रमाणित गर्ने कागजात
    क्यापिटलमा भरेर भेरिफाइ भएका कागजातहरू लिएर सिडिएससि जाने र बाँकि प्रकृया पुरा गर्ने
    दुवैजना क्यापिटल र सिडिएससि सँगसँगै जानुपर्छ ।

    यसरी तपाइँकाे परिवारकाे नाममा भएकाे शेयर तपाइँकाे अकाउन्टमा ट्रान्सफर गर्न सकिन्छ र किनबेच गर्न सकिन्छ ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस