५ सय किलो तौल भएकी विश्वकै मोटी महिलाको शल्यक्रिया सकियो, अब कति किलो घट्लिन त ? - सिधा मिडिया



५ सय किलो तौल भएकी विश्वकै मोटी महिलाको शल्यक्रिया सकियो, अब कति किलो घट्लिन त ?

सिधा मिडिया संवाददाता
    २० माघ २०७७, मंगलवार ०८:४६  मा प्रकाशित
168 जनाले पढ़िसके

प्रतिक्रिया




    विश्वकै सबैभन्दा बढी तौल भएकी इजिप्टकी महिला एमान अहमद अब्देल अटीको तौल नियन्त्रणका लागि भएको शल्यक्रिया सफलताका साथ सम्पन्न भएको छ ।

    छत्तिस वर्षीया एमान मुम्बईस्थित सैफी अस्पतालमा बिहीबार सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको छ ।

    यही जनवरीमा इजिप्टबाट तौल घटाउनकै लागि उक्त अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालको प्रत्यक्ष निगरानीमा बसी उपचार गर्ने क्रममा उहाँको १०० किलोग्राम तौल घटिसकेको अस्पतालले जनाएको छ ।

    एमानको सफल ल्यापरोस्कोपिक स्लिभ ग्यास्ट्रेक्टोमी भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

    अहिले उहाँलाई रसिलो सुप लगायतका खानेकुरा खुवाउन सुरु गरिएको छ । उहाँको शरीर शल्यक्रियाका लागि बेहोस पारिए पनि अहिले क्रमशः सुधार आएको छ ।

    एमान विगत २५ वर्षदेखि शारीरिक अवस्थाका कारण घर बाहिर निस्कन सक्नु हुन्नथ्यो । उहाँले गत जनवरीमा विशेष विमानमार्फत भारत ल्याइएको थियो । शल्यक्रिया र उपचारका लागि भारत ल्याउनुपूर्व उहाँको तौल ५०० किलोग्राम रहेको थियो ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस