स्याङ्जामा बस र टिप्पर जुध्यो ४ घाइते १ को थप उपचारका लागि पोखरा रिफर (नाम सहित) - सिधा मिडिया



स्याङ्जामा बस र टिप्पर जुध्यो ४ घाइते १ को थप उपचारका लागि पोखरा रिफर (नाम सहित)

लक्षु बि.क. प्रहरीको नियन्त्रणमा
प्रदिप पंगेनी
    २३ माघ २०७७, शुक्रबार १३:४९  मा प्रकाशित
176 जनाले पढ़िसके

प्रतिक्रिया




    स्याङ्जाः सिद्धार्थ राजमार्गमा सवारी दुर्घटना भएको छ । शुक्रबार बिहान करिब ०८:५० बजेको समयमा स्याङ्जाको फेदीखोला गाउँपालिका २ फेदिखोला बजार मोड स्थित सिद्धार्थ राजमार्गमा स्याङजाबाट पोखरा तर्फ जादै गरेको ग१ख ७६११ नम्बरको टिप्पर र बिपरीत दिशाबाट आई रहेको ग१ख ९३७४ नम्बरको बस एक आपसमा ठक्कर खाएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले “सिधा मिडिया” लाई जानकारी दिएका हुन् ।

    प्रहरी नायव उपरीक्षक अधिकारीका अनुसार, एक आपसमा ठक्कर खाँदा वस र टिप्परमा सवार ४ जना व्यक्तिहरू घाईते भएका छन् ।   २ जनाको थप उपचार भईरहेको छ । थप उपचार भईरहेको २ जना मध्यमा १ जनाको स्थानिय मेडीकलमा उपचार भई रहेको छ भने, १ जनाको थप उपचारको लागी गण्डकी मेडिकल कलेज पोखरामा रिफर गरिएको हो ।

    घटनास्थलमा प्रहरी अधिकृत समेतको टोली खटिई दुर्घटनामा सवारहरुको उद्धार गरिएको थियो । अन्य २ जनाको भने  सामान्य उपचार पश्चात डिस्चार्ज भएको समेत जनाएका छन् । स्याङ्जा पुतलीबजार नगरपालिका ४ बस्ने बर्ष ३५ को लक्षु बि.क. प्रहरीको नियन्त्रणमा रहेका छन् । दुर्घटना पछि बाटो अवरोध नभएको र  दुबै सवारी साधन सडक छेउमा राखीएको छ ।, सिद्धार्थ राजमार्ग सुचारू बनेको र थप अनुसन्धान कार्य भई रहेको जानकारी प्राप्त भएको हो ।

    – निम्न घाईतेहरूको नामावलि सहित:-

    १. टिप्पर चालक जिल्ला कास्की पोखरा बस्ने बर्ष २५ को सुरेन्द्र सुनार,गण्डकी मेडिकल कलेज पोखरामा उपचार भई रहेको ।

    २. जिल्ला स्याङजा पुतलीबजार न.पा. १३ बस्ने बर्ष ४० कि चांदनी शाह भन्ने सन्तोषी मल्ल, स्थानिय मेडिकलमा उपचार भई डिस्चार्ज भएको ।

    ३. ऐ.ऐ. वडा न.६ टक्सार बस्ने बर्ष ५० कि सिता कार्की, स्थानिय मेडिकलमा उपचार भई डिस्चार्ज भएको ।

    ४. ऐ.ऐ. बस्ने बर्ष ७० कि भिमा शर्मा, स्थानिय मेडीकलमा उपचार भई रहेको ।

    नोट:- थप उपचारको लागि १ जना गण्डकी मेडिकल कलेज पोखरामा रिफर गरिएको छ भने, १ जनाको स्थानिय मेडीकलमा उपचार भई रहेको छ  । २ जनाको स्थानिय मेडिकलमा उपचार भई डिस्चार्ज भईसकेका छन् ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस