स्याङ्जा । स्याङ्जामा शनिवार बेलुकी सवारी दुर्घटना भएको छ । स्याङ्जा जिल्लाको आधिखोला गाउँपालिका वडा नं ६ निबुवाबोट भन्ने स्थानको सेतिदोभान पंचमुल भित्री सडक खण्डमा आज बेलुका करिव ७ बजेर २० मिनेटको समयमा बस दुर्घटना हुँदा ६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले “सिधा मिडिया” लाई जानकारी दिएका हुन् ।
अधिकारीका अनुसार- पोखराबाट स्याङजा सिरुबारी भ्रमण सकेर फर्कने क्रममा ना ४ ख ७०३४ नम्बरको बस सडकमै पल्टिएर दुर्घटना भएको जनाकारी दिए । बस सडकमै पल्टिन जादा बसमा सवार चालक सहित ३७ जना मध्ये ६ जना घाईते भएका छन् ।
बस दुर्घटनामा परी घाईते सबैलाई उपचारको लागि पोखरा पठाईएको छ भने, दुर्घटना स्थलबाट प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर अन्य यात्रुहरुलाई अर्को गाडी व्यवस्था गरी पठाएको बताएको छ ।
-निम्न घाईतेहरु चोट र नामावलि सहित:-
१, जिल्ला कास्की पोखरा म.न.पा.१७ विरौटा बस्ने वर्ष ४५ की सिता देवि आचार्य,टाउकोमा चोट,अवस्था सामान्य ।
२, ऐ ऐ बस्ने वर्ष ३९ की समिता अधिकारी ,निधार र ढाडमा चोट,अवस्था मध्यम ।
३, ऐ ऐ बस्ने वर्ष ४८ की शान्त कुमारी सुवेदी,टाउकोमा चोट,अवस्था मध्यम ।
४, ऐ ऐ बस्ने वर्ष ४५ की सिता आचार्य,टाउकोमा चोट,अवस्था सामान्य ।
५, ऐ ऐ बस्ने वर्ष ५० की चिनमाया लामिछाने,टाउकोमा चोट,अवस्था सामान्य ।
६, ऐ ऐ बस्ने वर्ष २५ की गोमा पौडेल,हात भाचिएको,अवस्था सामान्य ।
नोटः घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया