काठमाडौं – तामाङ समुदायको सांस्कृतिक पर्व ल्होसारको अवसरमा ३ दिने सार्वजनिक बिदा हुने भएको छ ।
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले ल्होसारको अवसरमा ३ दिन बिदा दिने निर्णय गरेको हो ।
नमोबुद्धको नगर कार्यपालिकाको बैठकले ल्होसार मनाउनका लागि माघ २८, २९ र ३० गते बिदा दिने निर्णय गरेको जनाइएको छ ।
तामाङ समुदायको सांस्कृतिक पर्वलाई ल्होसार भनिन्छ । तामाङ समुदायले ल्होसार पर्वका अवसरमा सामाजिक सद्भाव कायम गरी आफन्तजनसँग खुशीयाली मनाउने गरेका छन् ।
तामाङ भाषामा ‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ नयाँ भन्ने हुन्छ । नेपाली पात्रोका अनुसार माघ शुक्ल प्रतिपदाको दिनलाई ल्होसार अर्थात् नयाँ वर्ष मान्ने गरिएको छ ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया