माघ ३० गते देशभर सार्बजनिक बिदा दिने सरकारको निर्णय - सिधा मिडिया



माघ ३० गते देशभर सार्बजनिक बिदा दिने सरकारको निर्णय

सिधा मिडिया संवाददाता
    २७ माघ २०७७, मंगलवार २०:५५  मा प्रकाशित
136 जनाले पढ़िसके

प्रतिक्रिया




    काठमान्डौ , सरकारले माघ ३० गते देशभर सार्बजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मिति २०७७/१०/२६ गतेको बैठकबाट मिति २०७७ साल माघ ३० गते शुक्रबार “सोनम ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सवै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्था र विदेशस्थित नेपाली नियोगहरुमा विदा दिने” निर्णय भएको विज्ञप्ति मार्फत जनाकारी दिएको छ ।त्यस्तै सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने प्रबन्ध मिलाउने निर्णय गरेको हो।

    यसका साथै सरकारले शैक्षिक सत्र एवं विद्यालय शिक्षाका सबै तह र कक्षाका विद्यार्थीहरूलाई स्थानान्तरण सम्बन्धमा नियमावली, २०५९ मा आवश्यक व्यवस्था गर्ने निर्णय गरेको छ। माघ १९ र २६ गते बसेको मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक भएको छ ।बिहीबार सरकारका प्रवक्ता पार्वत गुरुङले निर्णय सार्वजनिक गरेका हुन्।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस