चापाकोटमा ६ वर्षीया बालिकालाई "बलात्कार" गरेको आरोपमा ५२ वर्षका कुमाल पक्राउ - सिधा मिडिया



चापाकोटमा ६ वर्षीया बालिकालाई “बलात्कार” गरेको आरोपमा ५२ वर्षका कुमाल पक्राउ

प्रदिप पंगेनी
    २ फाल्गुन २०७७, आईतवार २०:५९  मा प्रकाशित
339 जनाले पढ़िसके

प्रतिक्रिया




    स्याङ्जाः ६ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सो अभियोगमा चापाकोट नगरपालिका वडा नं. २ माईलीथोक बस्ने ५२ वर्षको नामदेउ कुमाल पक्राउ परेका हुन् ।

    कुमालले ६ वर्षकी ती बालिकालाई बाख्रा हेर्न गएको मौका पारेर शनिबार दिँउसो ४ बजेर ४५ मिनेटको अनुमानित समयमा जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एमव् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले “सिधा मिडिया” लाई जानकारी दिएका हुन् ।

    जवजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा  नामदेउ कुमाललाई प्रहरीले पक्राउ गरि करणी सम्बन्धी कसूर “ जबरजस्ती करणी” मुद्धा दर्ता गरी आजै सम्मानित स्याङजा जिल्ला अदालत स्याङजाबाट  ७ (सात) दिनको म्याद थप गरेर अनुमति लिई थप अनुसन्धान गरिरहेको छ ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस