भागरथीकै विद्यालयका छात्रद्वारा बलात्कार र हत्या गरेको स्वीकार, आज सार्वजनिक गरिँदै - सिधा मिडिया



भागरथीकै विद्यालयका छात्रद्वारा बलात्कार र हत्या गरेको स्वीकार, आज सार्वजनिक गरिँदै

सिधा मिडिया संवाददाता
    ५ फाल्गुन २०७७, बुधबार ०८:४३  मा प्रकाशित
90 जनाले पढ़िसके

प्रतिक्रिया




    बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न एक जनालाई प्रहरीले नियान्त्रणमा लिएको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) समेतको टोलीले शनिबार राति कञ्चनपुरको महेनद्रनगरबाट नियन्त्रण गरेको हो । प्रहरी स्रोतको अुसार गाउँकै युवक दिनेश भट्ट पक्राउ परेका छन् । भट्ट भागरथीकै विद्यालयकै छात्र हुन् ।

    पक्राउ परेका युवकले अपराध स्वीकार गरेको सुदुरपश्चिम प्रहरीका प्रवक्ता एसएसपी मुकेश सिंहले जानकारी दिए । रिसइवीका कारण उनको बलात्कारपछि हत्या भएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

    प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी विस्तृत विवरण सार्वजनिक गर्ने एसएसपी सिंहले बताए ।

    गत माघ २१ गते, बुधबार विद्यालय गएकी भागरथीको भोलिपल्ट बिहीबार साँझ बिभत्स अवस्थामा शव फेला परेको थियो । शव फेला परेको १३ दिनपछि प्रहरीले हत्यामा संलग्न रहेका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    यो घटनापछि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, डीआइजी उत्तमराज सुवेदी पनि बैतडीमै बसेर अनुसन्धान गरिरहेका छन् । भट्टको पनि निर्मला पन्तकै जस्तो नहोस भन्दै देशका विभिन्न स्थानहरुमा प्रदर्शन भैरहेको छ ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस