मेकअप गर्न नजान्दा सुष्मालाई पर्यो यस्तो आपत ! - सिधा मिडिया



मेकअप गर्न नजान्दा सुष्मालाई पर्यो यस्तो आपत !

सिधा मिडिया संवाददाता
    ६ फाल्गुन २०७७, बिहीबार ११:३३  मा प्रकाशित
89 जनाले पढ़िसके

प्रतिक्रिया




    प्रेम दिवस अर्थात फाल्गुण २ गते आइतवार दरवारमार्गको लण्डन पब क्याफेमा सुष्मा कार्कीले आफ्नो जन्मदिनको पार्टी राखेको थिइन् ।

    आफ्नो बर्थडे पार्टी, विशेष बनाउनलाई उनले लामो समयदेखि नै तयारी गरेकी थिइन् । उनले आफुलाई विशेष देखाउन कुनै कसुर बाँकी राखिन्न । पार्टी सुरु हुनुभन्दा अगावै पार्लरमा सिंगारेर उनी आफ्नो जन्मदिन मनाउन पुगेकी थिइन् । तर, उनले यति हेभी मेकअप गरेकी थिइन् कि पार्टीमा उनलाई ठम्याउन धेरैले आँखा नै मिच्नु परेको थियो । उनले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्विरमा पनि उनलाई चिन्न फोटो ‘जुम’ नगरेसम्म गाह्रो पर्छ ।

    सुष्मालाई बर्थडे पार्टीमा आफू सुन्दर देखिएको महशुस भए पनि यतिबेला उनी मेकअपका कारण सामाजिक सञ्जालमा ट्रोल र मजाकको पात्र बनेकी छन् । उनको पहिरनमाथि प्रश्न उठेको छैन तर आँखाको मेकअप, आँखामा लगाएको लेन्स र आइस्याडो नसुहाएको प्रतिक्रियाले उनको फेसबुक पोस्टको कमेन्ट बक्स भरिएको छ । प्रायःले उनको मेकअप बिग्रिएको बताएका छन् ।

    नेपाली फिल्मकी सुन्दरी अभिनेत्री मानिने सुष्माले आफ्नो बर्थडे पार्टीमा विशेष देखिन गरेको मेकअपले साथ नदिँदा उनका विरोधीहरुलाई केही दिन महंगा कफी सपमा कफीको चुस्की लिएर कुरा काट्ने बाटो बनेको छ । यद्यपि, सुष्माका लागि विवाद नौलो र नयाँ भने होइन । यी त उनका छाँयाझैँ बनेका छन् । उनको फिल्मका कारण चर्चा हुन छाडेको भने धेरै भइसकेको छ ।

     

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस