कतिपय सेलिब्रेटी आफ्नो प्रेम सम्बन्ध लुकाएरै राख्न रुचाउँछन्। तर सामाजिक सञ्जालमा प्रेम सम्बन्ध खुलाउने सेलिब्रेटीको कमी छैन।
हालै गायिका ईन्दिरा जोशीले फेसबुकमा आफ्नो प्रेम सम्बन्धबारे खुलेकी छन्। उनले आफू दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलाएकी हुन्। बुधबार फेसबुकमा फोटो पोस्ट गर्दै उनले लेखेकी छन्, ‘उनले भने- म तिम्रो तारा। तिमी मेरो जून। प्रतिबद्धताको औंठी।’
आफ्नो हातमा लगाएको औंठीको फोटो सेयर गर्दै उनले फोटो क्याप्सनमा लेखेकी छन्, ‘२ वर्षको साथ र आउँदो जीवनका समयको निरन्तरता…अन्तिम श्वाससम्म हामी सँगै हुनेछौं।’
केही समयदेखि ईन्दिराको प्रेम सम्बन्धबारे चर्चा भइरहेको थियो। उनी प्रेम सम्बन्धमा छन् वा छैनन् भन्ने धेरैको चासो बनेको थियो। तर ईन्दिराले उनको प्रेमीको अनुहार खुलाएकी छैनन्। यसपछि उनका प्रशंसकहरूमा जिज्ञासा बढेको छ- को होलान् त गायिका ईन्दिरा जोशीको प्रेमी?
नेपाल आइडलकी जजसमेत बनिसकेकी ईन्दिरा जोशीका ‘चौबन्दी चौली अनि रातो घांगरा’, ‘बेहुली’, ‘उध्रेको चोली’, ‘मोटरसाइकमा’ आदि गीत चर्चित छन्।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया