चापाकोटमा मेयर कपः भेट्रान्स भलिबल विजेताले खसी र उपविजेताले कुखुराको भाले जित्ने - सिधा मिडिया



चापाकोटमा मेयर कपः भेट्रान्स भलिबल विजेताले खसी र उपविजेताले कुखुराको भाले जित्ने

प्रदिप पंगेनी
    ७ फाल्गुन २०७७, शुक्रबार २०:१०  मा प्रकाशित
166 जनाले पढ़िसके

प्रतिक्रिया




    प्रदिप पंगेनी / स्याङ्जा । चापाकोट नगरपालिका, नगरकार्यपालिकाको कार्यालय चापाकोट स्याङ्जाको आयोजनामा चापाकोट नगरपालिका वडा नं १० बोटेटारको कान्छिबजार खेलमैदानमा फाल्गुन ११ देखि १५ गतेसम्म चौथो मेयर कप हुने भएको छ । महिला, तथा पुरुष वडास्तरिय खुल्ला भलिबल प्रतियोगिता एवम् बिभिन्न कार्यक्रमको साथमा ३५ वर्ष नागेका पुरुषहरुको  भेट्रान्स भलिबल प्रतियोगिता पनि हुने भएको छ।

    बोटेटारको कान्छिबजार स्थित जनज्योति स्कुलको खेल मैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी अन्तिम चरर्णमा रहेको बताइएको छ।

    खेलको सञ्चालन नगर खेलकुद विकास समिति चापाकोट, स्याङ्जाले गर्न लागेको हो । चापाकोट नगर खेलकुद विकास समितिका अध्यक्ष प्रविण गिरीले प्रतियोगिता हुने “सिधा मिडिया” सँग बताएका छन् ।

    ३५ वर्ष नागेका पुरुषहरुको भेट्रान्सतर्फ विजेताले खसी र उपविजेताले कुखुराको भाले जित्नेछन् । यता वडास्तरिय खुल्ला पुरुष तथा महिला खुल्ला भलिबल प्रतियोगितामा  पुरस्कार राशी पहिलो हुनेलाई नगद ५२ हजार दोस्रो लाई ३२ हजार र तेस्रो हुनेलाई २० हजारको साथमा सिल्ड मेडल र प्रमाण पत्र तोकिएको छ ।

    “चापाकोटको सान, चापाकोटको पहिचान, खेल क्षेत्रलाई विकास गर्ने हाम्रो अभियान” भन्ने नारासहित प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा विद्यागतरुपमा खेलाडीहरुलाई पुरस्कृत गरिने छ। साथै प्रतियोगितामा मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

    अन्य खेल तथा पुरस्कारहरु निम्न रहेका छन् :-

    भलिबल खेल अन्तर्गत- पुरुष तथा महिला खुल्ला भलिबल प्रतियोगिता  पुरस्कार राशी पहिलो हुनेलाई नगद ५२,००० दोस्रो लाई ३२,००० र तेस्रो हुनेलाई २०,००० को साथमा सिल्ड मेडल र प्रमाण पत्र तोकिएको छ ।

    ब्याटमिन्टन खेल अन्तर्गत – (पुरुष) पुरस्कार राशी क्रमशः नगद  १५ हजार , १० हजार, र ५ हजारको साथमा मेडल र प्रमाण पत्र  राखिएको छ ।

    डोरी तान्ने खेल अन्तर्गत – (पुरुष तथा महिला) पुरस्कार राशी नगद क्रमशः १५ हजार , १० हजार, र ५ हजारको साथमा  प्रमाण पत्र राखिएको छ ।

    छेलो फाल्ने खेल अन्तर्गत – (पुरुष तथा महिला) पुरस्कार राशी क्रमशः नगद १५ हजार, १० हजार, ५ हजारको साथमा प्रमाण पत्र तोकिएको छ ।

    भेट्रानस् प्रतियोगिता अन्तर्गत -, ३५ वर्ष नागेका पुरुषहरुको भेट्रानस् प्रतियोगिता प्रथम पुरस्कार राशी खसीको साथमा प्रमाण पत्र तोकिएको छ भने, द्धितीए पुरस्कारको राशी कुखुराको भाले रहेको छ ।

    खेल दर्ता गर्ने मिती फाल्गुन ११ गते बिहान १० बजे सम्म मात्र तोकिएको छ ।

     

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस