नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहले सरकारसँग वार्ताका लागि सकारात्मक रहेको जनाएको छ ।
नेकपा विप्लव समूहका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले शनिबार (आज) प्रेस विज्ञप्ती जारी गर्दै सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएका हुन् ।
प्रेस विज्ञप्ती जारी गर्दै आफ्नो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवं जनसमूदायको हित र अधिकारको लागि गरिएको सचेत पहल भएको बताएका छन् ।
त्यस्तै, उनले सो प्रक्रियामा आम जनसमूदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा आफ्नो पार्टी सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको बताएका छन् ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया