यमराज बन्दै टिपर : पानी पनि भन्न नपाई अस्ताए बलराम - सिधा मिडिया



यमराज बन्दै टिपर : पानी पनि भन्न नपाई अस्ताए बलराम

सिधा मिडिया संवाददाता
    ८ फाल्गुन २०७७, शनिबार २०:०६  मा प्रकाशित
140 जनाले पढ़िसके

प्रतिक्रिया




    टिपरको ठक्करबाट भक्तपुरमा शुक्रबार राति एकजना पैदलयात्रीको मृत्यु भएको छ।

    महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार भक्तपुर-काठमाडौं ६ लेन सडकअन्तर्गत भक्तपुर नगरपालिका १ घलाते चोकबाट बाटो काट्ने क्रममा टिपरले पैदलयात्रीलाई ठक्कर दिएको हो।

    बा ५ ख ४७९ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ७ घर भएका ३५ वर्षीय बलराम तामाङको घटनास्थलमै मृत्यु भएको परिसरले जनाएको छ।

    उनी नाईटिङ्गेल बोर्डिङ स्कुल कुपन्डोल ललितपुरमा शिक्षक पेसामा कार्यरत थिए।

    परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले टिपरको ठक्करबाट मृत्यु हुने तामाङ ललितपुरको कुपण्डोलस्थित नाइटिङ्गेल बोर्डिङ स्कुलका बस चालक रहेको जानकारी दिए।

    भक्तपुरको सल्लाघारीबाट भक्तपुर-काठमाडौं ६ लेन सडक भई जगातीतर्फ जाँदै गरेको टिपरको ठक्करबाट घाइते तामाङलाई उपचारको लागि भक्तपुर अस्पताल लगिएको भक्तपुर प्रहरीले जनाएको छ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस