गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कपको पुरुषतर्फको उपाधि तनहुँ र महिलातर्फको म्याग्दीलाई - सिधा मिडिया



गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कपको पुरुषतर्फको उपाधि तनहुँ र महिलातर्फको म्याग्दीलाई

सिधा मिडिया संवाददाता
    ८ फाल्गुन २०७७, शनिबार २०:४२  मा प्रकाशित
70 जनाले पढ़िसके

प्रतिक्रिया




    काठमाण्डाै – मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिताको पुरुष तर्फको उपाधि तनहुँले जितेको छ ।

    पोखरा रंगशालामा भएको फाइनलमा तनहुँले स्याङजालाई ३–२ को सेटमा हराएको हो । तनहुँले पहिलो सेट २५–२३ ले गुमायो । तर दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो । त्यस्तै चौथो सेट स्याङजाले २५–१३ ले जितेपछि खेल पाँचौं सेटसम्म पुगेको थियो ।

    पाँचौं सेटमा १५–१० ले आफ्नो पक्षमा पार्दै तनहुँ च्याम्पियन बनेको हो । विजेता तनहुँले २ लाख तथा उपविजेता स्याङजाले १ लाख रुपैयाँ प्राप्त गरेको छ । फागुन ४ गतेदेखि सुरु भएको प्रतियोगितामा गण्डकी प्रदेशका १० जिल्लाको सहभागिता थियो ।

    यस्तै गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कपको महिलातर्फको उपाधि म्याग्दीले जितेको छ । पोखरा रंगशालामा आज भएको फाइनलमा पर्वतलाई ३–० को सोझो सेटमा हराएर म्याग्दी च्याम्पियन बनेको हो । म्याग्दीले पहिलो सेट २५–१४, दोस्रो सेट २५–१५ र तेस्रो सेट २५–१७ ले जित्यो ।

    उपाधि विजेता म्याग्दीले २ लाख रुपैयाँ र उपविजेता पर्वतले १ लाख रुपैयाँ प्राप्त गरेको छ । तनहुँले तेस्रो हुँदै ५० हजार रुपैयाँ प्राप्त गरेको छ । फागुन चार गतेदेखि सुरु भएको प्रतियोगितामा गण्डकी प्रदेशका ९ जिल्लाको सहभागिता थियो ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस